प्रदेश

कपिलवस्तुमा कोरोना विरुद्धको खोप अभियान पुनः सञ्चालन



तौलिहवा, २६ माघ । कपिलवस्तुमा कोरोना विरुद्धको खोप अभियान पुनः सञ्चालन गरिने भएको छ । कपिलबस्तुको तौलिहवामा आयोजना गरिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम जिल्ला खोप समन्वय समितिको बैठकमा सो जानकारी गराइएको हो ।

कोरोना विरुद्धको फाईजर कम्पनीको खोप जिल्लाको पाँच पालिकामा सञ्चालन हुन लागेको छ । कोभिडको–१९ को नयाँ भेरियन्ट जे एन १ नेपालमा समेत देखा परिसकेको र यसअघि कभरेज कम भएका जिल्ला तथा पालिकामा अभियान सञ्चालन गर्न व्यवस्थापन महाशाखाले खोप पठाएको हो । जिल्लामा पहिलो डोज ६० प्रतिशत, दोस्रो डोज ८० प्रतिशत भन्दा बढीले खोप लगाएका छन् । त्यस्तै, पहिलो बुष्टर डोज २० प्रतिशत र दोस्रो बुष्टर डोज ५ प्रतिशतले खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालय खोप अधिकृत दिवाकर महर्जनका अनुसार पहिलो चरणमा भारतसँग सिमा जोडिएका कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, यशोधरा, मायादेवी र शुद्धोधन गाँउपालिकामा खोप अभियान चलाइएको बताउनुभयो । उहाँले पाँच पालिकाका १२ वर्ष माथिका बालबालिकाहरुलाई बुष्टर डोज खोप कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खोप अभियानका लागि माघ २६ देखि २९ गतेसम्म पालिका समन्वय समितिको बैठक, फागुन १ र २ गते स्वास्थ्य स्वयमसेविकामार्फत् घरभेट र फागुन ३ देखि ५ गतेसम्म खोप कार्यक्रम राखिएको छ ।’ खोप कार्यक्रम विद्यालयको बालबालिकाबाट अभियानको सुरु गरेर समुदायमा जाने उहाँको भनाइ छ । कपिलबस्तुमा प्रत्येक पालिकाका लागि ६ हजारका दरले ३० हजार डोज खोप आएको छ ।

प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार विगतमा कोरानोले कपिलबस्तु सहित देशमा धेरै जनाको ज्यान गएकाले बेलैमा होसियारी अपनाउनु पर्ने बताउनुभयो । कोरोना विरुद्धको खोप लगाएको व्यक्ति अन्य रोगका भाइरस संक्रमणहरुलाई टेवा पुर्याएको उहाँको भनाइ छ । अभियानलाई सफल बनाउन सबै सरोकारवाला निकायहरुले सक्रिय रुपमा लाग्नु पर्ने प्रजिअ अर्यालले बताउनुभयो । कोरोना विरुद्ध खोप लगाई सुरक्षित हुन उहाँले आग्रह समेत गर्नुभएको छ ।

खोप र प्रगति अवस्थाको आधारमा १२ वर्ष र सो भन्दा माथिका सबैलाई खोप प्रदान गर्ने गरी अभियान सञ्चालन गरिने छ । कार्यक्रममा दश वटै पालिकाका स्वास्थ्य संयोजक,

विद्यालयका प्रधानाध्यापक, तीन वटै सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता थियो ।

प्रकाशित : २६ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६