अर्थ-वाणिज्य

बुद्धभूमिमा एमालेको २ दिवसीय प्रशिक्षण




जानु पाण्डे
कपिलवस्तु २६ माघ । बुद्धभूमि नगरपालिकामा रहेका एमाले कार्यकर्तालाई प्रशिक्षण गरिएको छ । एमाले बुद्धभूमि नगर समितिको आयोजनामा होटेल संगम प्यालेस गोरुसिंगेमा कार्यकर्ताहरुलाई २ दिने प्रशिक्षण सुरु गरिएको छ । कार्यक्रमको समुद्घाटन गर्दै एमाले पोलिट्व्युरो सदस्य खिमलाल भट्टराईले गठवन्धनको सरकारले देश विकासका कुनै नौलो काम गर्न नसकेको टिप्पणी गर्नु भयो । उहाले विकासको लागि एमालेको सरकार आउनु पर्नेमा जोड दिनु भयो ।
प्रशिक्षणमा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले पार्टी संगठनले पुराएको योगदानको चर्चा गर्नु भएको थियो । केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य गिरीधारी लाल न्यौपाने, पूर्व जिल्ला अध्यक्ष झवीलाल पोख्रेल लगायतले कार्यकर्तालाई प्रशिक्षण दिनु भएको छ । कार्यकर्तामा सांगठानिक विचार, नौलो अभ्यास, राजनैतिक चेतना, माक्र्सवाद लगायतका विषयमा प्रशिक्षण दिइने एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनु भयो ।कार्यक्रमको स्वागत खुमानन्द न्यौपाने, संचालन नगर सचिव नारायण पन्थी र नगर अध्यक्ष धुव्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित : २६ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६