खोज–अनुसन्धान

सामूहिक बलात्कार गरी भिडियो सार्वजनिक गर्ने एक युवक आठ वर्षपछि पक्राउ




कपिलवस्तु २६ माघ । सामूहिक बलात्कार गरी भिडियो सार्वजनिक गर्ने एक युवक आठ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिका –१ पकडीका ४३ वर्षीय धर्मेन्द्र केवटलाई पकाउ गरेको जनाएको छ ।प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार २०७२ माघ २६ गते भएको घटनामा धरौटीमा रिहा भएका केवट अदालतको फैसलापछि फरार भएका थिए ।कपिलवस्तु जिल्ला अदालतले २०७५ सालमा घटनामा संलग्न पाँच जनालाई दोसी ठहर गर्दै ११ वर्ष कैद तथा १–१ लाख जरिवानाको फैसला सुनाएको थियो ।
मायादेवी गाउँपालिका पकडीका राहत हुसैन, अब्दुल रसिद मुसलमान, मोनु चौधरी, धर्मेन्द्र केवट र कलामुद्धिन मुसलमानलाई अदालतले दोसी ठहर गरेको थियो । तत्कालीन जिल्ला न्यायाधीश लोकजंग शाहको एकल इजलासले पुर्पक्षका लागि थुनामा रहेका २ जना र धरौटीमा रिहा भएका ३ जनालाई कैद सजाय सुनाएको थियो । भारत घर भइ मामाघर बस्दैआएकी किशोरीलाई प्रेमी रसिदले बोलाइ सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि कुटपिट गर्दै नग्न भिडियो बनाई सार्वजनिक गरिएको थियो । पकडी बजार र आसपासको क्षेत्रमा भिडियो भाइरल भएपछि प्रहरीले घटनाको जानकारी पाएको थियो । भाइरल भिडियोको आधारमा प्रहरीले घटनाको चार दिनपछि अनुसन्धान सुरु गरेको थियो ।

प्रकाशित : २६ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६