प्रदेश

दाङमा थप पाँचवटा बिटीएस टावर सञ्चालनमा



काठमाण्डौ, २८ माघ । दाङमा नेपाल टेलिकमका थप पाँचवटा बिटीएस टावर सञ्चालनमा आएका छन् । चालु आर्थिक वर्षमा घोराहीको बासपोखरी, तुलसीपुरको तमाखे, शान्तिनगरको चिराघाट र बाघमारे तथा दङ्गीशरणको सिमठानामा ती टावर सञ्चालनमा आएका हुन् ।

बिटीएस मोबाइल नेटवर्कसम्बन्धी उपकरण हो । यसअघि ती ठाउँमा टेलिकमको टावर नहुँदा सञ्चारमा समस्या थियो । तर अहिले टावर निर्माणपछि सहज भएको छ । अरु केही ठाउँमा पनि तत्काल टेलिकमका टावर सञ्चालनमा ल्याउने तयारी रहेको नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्माले बताउनुभयो ।

दाङमा अहिलेसम्म एक सय तीनवटा बिटीएस टावर सञ्चालनमा छन् । टुजी, थ्रीजी र फोरजीका टावर सञ्चालनमा रहेका हुन् । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ, राजपुरको बेलामा केही समयमै टावर सञ्चालनमा ल्याउने गरी तयारी भैरहेको उहाँको भनाइ छ ।

त्यस्तै गढवा गाउँपालिका–२, गढवा–६ खबरे, दङ्गीशरणको फुक्रेसल्ली, बबई कुमालगाउँ, बबईको मलै, कोइलाबासको भौवानाका, गुरुङगाउँमा टावर निर्माणका लागि जग्गा सम्झौता भएको छ ।

प्रकाशित : २८ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६