कपिलवस्तु १ फागुन
कपिलवस्तुको यशोधरा गाउपालिका वडा नम्बर ७ स्थित सिमा क्षेत्र मर्यादपुरबाट करिब एक लाखको अबैध सामान बरामद गरिएको छ । सुराकीको आधारमा सुठौली भन्सार र सशस्त्रको संयुक्त टोलीले स्थानीय अरमानी कलवारको घरबाट छापा हानेर सो सामाग्री बरामद गरेको हो । टोलीले नौ बोरा चिनी, ७ बोरा मैदा, ४ बोरा मटरको दाल गरी ७० हजारको अबैध सामान बरामद गरेको सुठौली भन्सार कार्यालय कार्यालयका प्रमुख नारायण प्रसाद गैरेले बताए ।सोही टोलीले ४ पोका भारतीय जब्बार सुर्ती समेत बरामद गरेको छ । सिमा क्षेत्रमा रहेको अधिकांस पसलहरुका भारतबाट अबैधरुपमा भित्राइएका सामानहरु बेच्ने गरिएको श्रोतले जनाएको छ । टोलीले ढेड महिनाको अवधीमा रंगपुर र मर्यादपुर गरी ४ स्थानमा छापा हानेर अबैध पियाज र केरानाका सामान बरामद गरको प्रमुख गैरेले बताए ।
बरामद गरिएको सामान ६२ हजारमा लिलाम समेत गरिएको उनले बताए । चोरी तस्कारी बढे पछि बिशेष गरी भन्सार क्षेत्रमा निग्रानी बाढइएको उनले बताए । चोरी तस्कारी बढेकाले भन्सार राजस्व असुलीमा समेत असर परेको छ । चालु आर्थिक बर्षको ६ महिनामा सूठौलीमा लक्ष्यको २३ दशवलव ३८ प्रतिशत मात्र राजस्व संकलन भएको हो । चालु आर्थिक बर्षकालागि भन्सारलाई १ अर्व ८१ करोड ८० लाख लक्ष्यर दिइएको छ । ६ महिनामा २१ करोड ७ लाख ६९ हजार मात्र राजस्व संकलन भएका भन्सार कार्यालयले जनाएको छ । ६ महिनाकालागि ९१ करोड ८५ लाखको लक्ष्य दिइएको थियो । उता देश कै प्रमुख १० मध्ये कै कृष्णनगर भन्सारमा समेत चोरी तस्करी कै कारण राजस्व असुलीमा असर परेको छ ।
१ फाल्गुन २०८०, मंगलबार
प्रतिक्रिया