प्रदेश

८ सय ३८ निमावि शिक्षकको माग, कुन प्रदेशमा कति ?



काठमाडौं, ०२ फागुन । शिक्षक सेवा आयोगले निमावि तहको शिक्षक पदका लागि आवेदन खुला गरेको छ। आयोगले खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन निकालेको हो। आयोगले विषयत रुपमा शिक्षक पूर्तिका लागि विज्ञापन माग गरेको छ। जस अनुसार नेपाली शिक्षक १७७ माग गरिएको छ।

यस्तै अंग्रेजीका लागि १७६ शिक्षकको माग हुँदा सातै प्रदेशका लागि १२८ गणित शिक्षकको माग छ। यसै गरी विज्ञानका लागि १६३ शिक्षक माग हुँदा सामाजिकका लागि १२२ जना शिक्षक आवश्यकता रहेको आयोगको भनाइ छ।

त्यसै गरी आयोगले गणित र विज्ञानका लागि ६५ जनाको दरखास्त माग गरेको छ। यजुर्वेद पढाउन एक शिक्षक माग गर्दा संस्कृत भाषाका लागि ५ जना शिक्षक माग गरिएको छ। यसैगरी कम्प्युटर विज्ञानका लागि एक जना मागिएको छ।

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६