ब्रेकिंग न्युज

भारतमा किसान आन्दोलनको दोस्रो दिन आज पनि दिल्लीमा सुरक्षा व्यवस्था कडा



काठमाण्डौ, ०२ फागुन । किसान आन्दोलनको दोस्रो दिन आज पनि दिल्लीमा गाडी सञ्चालनमा समस्या हुने भन्दै नागरिकका लागि ट्राफिक एड्भाइजरी अर्थात विभिन्न रुटबारे जानकारीसहितको सूचना निकालिएको छ । दिल्ली ट्राफिक प्रहरीले बन्द हुने सडक र खुल्ला हुने सडकबारे जानकारीसहित सूचना निकालेको हो ।

यही सूचनाको आधारमा यात्राको योजना बनाउनुपर्ने र भिडभाड हुने समयमा यी रुटबाट टाढा हुन पनि प्रहरीले आग्रह गरेको छ । हिजो किसानको प्रदर्शनका कारण विभिन्न क्षेत्रमा घण्टौसम्म गाडी जाम भएको थियो । किसानको विरोधका क्रममा हिजो भएको गतिविधिलाई ध्यानमा राख्दै दिल्ली मेट्रोका धेरै स्टेशनका ढोकाहरू हिजैदेखि बन्द गरिएको छ ।

तर, रातिको समयमा भने अबेरसम्म खोलिएको थियो । हिजो हरियाणा सीमामा प्रवेश गर्न खोजिरहेका आन्दोलित किसानहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार थियो । त्यसपछि किसान र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । आज फेरि किसानको विरोध प्रदर्शनका क्रममा झडप हुनसक्ने भन्दै दिल्ली र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको बीबीसी हिन्दीले जनाएको छ ।

आफूले फलाएको अन्नबालीले उचित मूल्य पाउनुपर्ने लगायत मागसहित भारतको हरियाणा, पन्जाब र उत्तर प्रदेश राज्यका किसानले प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६