प्रदेश

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा आवश्यकता अनुसार बिरामीले निःशुल्क रगत पाउने



अर्घाखाँची, ०२ फागुन । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगर भित्रका स्थायी बासिन्दा तथा कर्मचारीहरुलाई निःशुल्क रुपमा रगत र रगतजन्य पदार्थ उपलब्ध गराउने भएको छ । सन्धिखर्क नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा केन्द्र, रुपेन्देहीबीच निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो।

नगरपालिकाबाट रक्त सञ्चार सेवा केन्द्र रुपन्देहीको लागि रगत सङ्कलन कार्यको लागि सहयोग गर्ने उद्देश्यले सम्झौता गरिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । आफ्ना नागरिकलाई रगत र रगतजन्य पदार्थ अभावबाट बचाउनको लागि जिल्लामै पहिलो पटक निःशुल्क रगत उपलब्ध गराउन लागेको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो ।

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६