पशुपति गिरी ,बाणगंगा ।
शिव पार्वती खानेपानी उपभोक्ता तथा सरसफाई समिति बाणगंगा ८ मधुवनको अध्यक्षमा सर्बसहमतबाट खिमलाल खरेल (गोपाल) चुनिनु भएको छ । आज विहिबारखानेपानी उपभोक्ता तथा सरसफाई कार्यसमितिको आगामी वर्षको नयाँ नेतृत्वका लागि खरेल चयन हुनुभएको हो।
समितीको चौथों साधारण सभा तथा चौथों अधिवेशनले खरेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै उहाँसंगै उपाध्यक्षमा तुलसी प्रसाद पाण्डे,सचिवमा पुष्पा भण्डारी,सहसचिवमा शुसिला खनाल,कोषाध्यक्षमा फनिराम जि.सी.,लेखा संयोजक मोहन अधिकारी,सह संयोजक गीता घिमिरे,लेखा सदस्य लक्ष्मी देवी कडेंल तुल्सीराम पौडेल र सदस्यहरूमा माथ बहादुर खत्री,गोमा कुमारी सुनार,मधु कुमारी थापा,नारायण प्रसाद भण्डारी ,हरि प्रसाद अर्याल,दिपा खत्री,गोमा भुसाल,माधव प्रसाद पौडेल,मनिलाल सलामी र डिल कुमारी के.सी.चयन हुनु भएको छ ।
यस्तै अध्यक्ष खरेलले शिव पार्वती खानेपानीलाई यस क्षेत्रका उपभोक्ताहरुलाई नियमित खानेपानीको ब्यवस्थापन गर्दै उपभोक्ताको हितको काम मा आफ्नो टिमले काम गर्ने बताउनु भएको छ ।
प्रतिक्रिया