प्रदेश

लुम्विनी प्रदेशका महिला सांसदले गरे राष्ट्रिय महिला उद्यमी सम्मेलन बहिस्कार



भैरहवा ०४ फागुन । राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८० को उद्घाटन कार्यक्रममा अपमानजनक ब्यवहार गरेको भन्दै लुम्बिनी प्रदेशका महिला सांसदहरुले बहिस्कार गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भैरहवामा आयोजित उद्यमी महिला सम्मेलनका अतिथीको रुपमा निम्त्याईएका लुम्विनी प्रदेशका महिला सांसदहरुले कार्यक्रममा मर्यादाक्रम मिचेको भन्दै कार्यक्रम बहिस्कार गरेर हिडेको बताएका छन्।

महिला उद्यमीहरुको कार्यक्रममा महिला सांसदहरुको पद तथा गरिमालाई नै अनादर र अपमान भएपछि आफुहरुले कार्यक्रम बहिस्कार गरेर हिडेको प्रदेश सांसद भगवती अधिकारी घिमिरेले बताईन।

आसन ग्रहण गराउदा हामीहरुमाथि निकै अन्याय भयो, सरकारी मर्यादाक्रम अनुसार हामी १५ औं स्थानमा रहेका बेला एउटा व्यवसायिक सस्थाको अध्यक्ष भन्दा पछाडि आसन ग्रहण गराएपछि कार्यक्रम बहिस्कार गरेर हिडेका हौं। उनले भनिन्

घिमिरेसहित सांसदहरु जानकी न्यौपाने, हेमा बेल्वासे, शान्ति लोध र मिना श्रेष्ठले कार्यक्रम बहिस्कार गरेर हिडेका हुन्। उनीहरुले महिलाहरुका लागि आयोजना गरिएको कार्यक्रममा महिलाहरुलाई नै अपमान गरेपछि दुई दिनका लागि भनेर पुगेको कार्यक्रमबाट बाहिरिएको बताएका छन्। सांसदहरुले आफुहरुमाथि अपमान भएको भन्दै कार्यक्रममा अध्यक्ष र गृहमन्त्रीलाई जानकारी गराएर कार्यक्रम हलबाट बाहिरिएको बताएका छन्।

कार्यक्रममा आयोजकले प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेलाई बिशिष्ट अतिथि नबनाई अतिथि मात्र बनाएको भन्दै सांसदहरुले असन्तुष्टि प्रकट गरेका छन्।

लुम्बिनी प्रशदेका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम थियो कारण बस मुख्यमन्त्री आउन सक्नु भएन त्यसपछिको मर्यादामा रहेका गृहमन्त्रीलाई प्रमुख अतिथी बनाउनु पथ्र्यो त्यो पनि गरिएन सांसदहरुले गुनासो गरे।

मौसम खराबिका कारण मुख्यमन्त्री चैधरी आउन ढिला भएपछि कार्यक्रमको उद्घाटन सत्र अगाडि बढाईएको थियो।

नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अगुवाइमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको समन्वय एवं सहकार्यमा सम्मलेन आयोजना गरिएको हो।

महिला लगानी घर घरमा उद्यमी नारा दिईएको सम्मेलनको अध्यक्षता समेत नेपाल उद्योग वाणिज्य महासङका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले गरेका छन्।

प्रकाशित : ४ फाल्गुन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६