बाँके ४ फागुन ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विकास निर्माणका आयोजनामा हुनेगरेको ढिलासुस्ती र गुणस्तरमा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको स्थलगत अनुगमन तथा निरीक्षणपछि शुक्रबार बाँकेको खजुरामा आयोजित अन्तरक्रियामा मन्त्री ज्वालाले यस्तो बताउनु भएको हो ।
मन्त्री ज्वालाले विकास निर्माणमा समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न मन्त्रालयको विशेष जोड रहने गरेको बताउनुभयो । बजेट ब्यवस्थापन सरकारको जिम्मेवारी रहेको भन्दै उहाँले निर्माण ब्यवसायीले समयभित्र काम सम्पन्न गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले समयभित्र गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मानको नीति लिइएको बताउनुभयो ।विकास निर्माणमा तीन वटै तहका सरकारबिच आपसी समन्वय र सहकार्य जरुरी भएको भन्दै उहाँले विकासलाई साझा सवालको रुपमा अघि बढाउन सुझाव दिनुभयो । हुलाकी सडक अन्तर्गत बाँके र बर्दियाका विभिन्न स्थानसहित मन्त्री ज्वालाले परस्पुर–गौघाट सडक खण्डको समेत स्थलगत निरीक्षण गर्नुभयो ।
४ फाल्गुन २०८०, शुक्रबार
प्रतिक्रिया