प्रदेश

कपिलवस्तुलाई सुन्दर शहरको रूपमा विकास गर्नुपर्छः मुख्यमन्त्री चौधरी



चन्द्रौटा, ०५ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कपिलवस्तुलाई सुन्दर शहर बनाउनुपर्ने बताएका छन्। अबको विकास कपिलवस्तुबाट शुरु गर्ने बताउँदै सुन्दर शहर निर्माणका लागि प्रदेशले डिपिआर निर्माण गर्ने बताए।

शुक्रवार हुलाकी राजमार्ग अन्तर्गत कपिलवस्तुको गनवरिया चोकदेखि दक्षिण सेमरी हुँदै सिसवा शान्तिनगरसम्मको सडक शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले हरेक विकास, रोजगारी र आत्मनिर्भरसँग जोडिने बताए। ‘अब सुन्दर शहरको कल्पना गरौँ, बाटोले मात्र विकास हुँदैन’, चौधरीले भने‚ ‘बुद्धको जन्मस्थललाई पर्यटनसँग जोड्दै औद्योगिक विकासमा लागौँ।’

मुख्यमन्त्री चौधरीले स्थानीय स्रोतलाई संरक्षण गर्दै महाराजगन्जको फरक पहिचान बनाउनुपर्ने बताए। महाराजगञ्ज नगरपालिकाले विगतमा पनि फोहरमुक्त नगर बनाउने अभियान गरेकोमा प्रशंसा गरे। जीर्ण सडक कालोपत्रे हुने भएपछि नागरिकलाई सहजता हुने नगरप्रमुख अब्दुल कलाम खाले बताए। प्रदेशले नगर मुख्य सडक निर्माणका लागि बजेट विनियोजन गरेको धन्यवाद दिए।

ग्रामीण विकास तथा साना शहरी पूर्वाधार निर्माण महाशाखा प्रमुख गुणानिधि पोखरेल २ वर्षको अवधिमा काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे। साढे ४ किलोमिटर सडक निर्माणका लागि सागर निर्माणसेवाले १६ करोड ७६ लाख ६८ हजारमा सम्झौता गरेको छ।

प्रकाशित : ५ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६