कपिलवस्तु, ०५ फागुन । कपिलवस्तु नगरपालिका–९ मा ४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । छिमेकका १४ वर्षे बालकले उनलाई बलात्कार गरेको बताइएको छ । शुक्रबार साँझ ६ बजेतिर घटना भएको प्रहरीले जनाएको छ ।
घटनापछि शुक्रबार नै प्रहरीले आरोपी बालकलाई नियन्त्रणमा लिएको छ । ‘घटना भएको प्रारम्भिक सूचना छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिबहादुर वलीले भने थप अनुसन्धान भइरहेको छ ।’ पीडित बालिकाको बुटवल प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
प्रतिक्रिया