ब्रेकिंग न्युज

अख्तियारमा कपिलवस्तुका पालिका बिरुद्धका उजुरीको नयाँ रेकर्ड




कपिलवस्तु ६ फागुन
स्थानीय तह संचालनमा आएको ७ बर्षमा चालु आवको ७ महिनामा अख्तियारमा परेका उजुरीले नयाँ रेकर्ड बनाएका छन। चालु आर्थिक बर्ष २०८०÷०८१ को साउन देखि माघ महिना सम्मको ७ महिनामा कपिलवस्तुका १० पालिका बिरुद्ध अख्तियारका २ सय ६७ उजुरी परेका छन । यति धेरै उजुरी दर्ता भएको हालसम्मको यो पहिलो रेकर्ड हो । सबै भन्दा बढी कृष्णनगर नगरपालिकामा ५९ र सबै भन्दा कम शिवराज नगरपालिका बिरुद्ध ५ वटा मात्र उजुरी परेको छन । अख्तियार दुरुपयोग अनुसंधान आयोग बुटवलले यशोधरा गाउपालिकमा राखेको भ्रष्ट्राचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धी अन्तरिक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो । आयोग बुटवलका प्रमुख तथा उप सचिव ठाकुर प्रसाद आचार्यले सो जानकारी गराएका हुन । त्यस्तै दोस्रो उजुरी पर्नेमा कपिलवस्तु नगरपालिकाको ४७ वटा परेको छ ।
यस्तै बुद्धभुमी नगरपालिकाको ३५, यशोधरा गाउपालिकाको ३४, मायादेबी गाउपालिकाको ३०, बिजयनगर गाउपालिकाको २१, सुद्धोदन गाउपालिकाको २३ वटा उजुरी परेका छन । कुल उजुरी २ सय ६७ मध्ये १ सय ९ मात्र फर्छौट भएका छन । गत आर्थिक बर्ष कपिलवस्तुका स्थानीय निकायमा कुल २ सय ९२ उजुरी दर्ता भएकोमा २ सय ३ फर्छौट भएको थियो । लुम्बिनी प्रदेशमा भने गत आर्थिक बर्ष १ सय ५२५ उजुरी परेकोमा १ हजार ५० फर्छौट भएको थियो । स्थानीय तहमा विकास निर्माण र शिक्षा र स्वास्थ्य जस्ता काममा धेरै उजुरी पर्ने गरेको आचार्यले बताए ।
उनले स्थानीय जनप्रतिनिधी , कर्मचारी र नागरिक समाज मिलेर भष्टचार नियन्त्रणमा सहयोग गनु पर्ने बताए । सो अवसरमा यशोधरा गाउपालिकाका अध्यक्ष शिव दयाल तिवारीले आफै बाट भष्टचार नियन्त्रण गर्ने प्रतिवद्धता जाहेर गर्दे सबैले भष्टचार नियन्त्रण गरी शुसासन कायम गर्नुपर्ने बताए । कार्यक्रममा यशोधरा गाउपालिकाका प्रमुख प्रशाकीय अधिकृत रामचन्द्र ढकाल, वडाध्यक्षहरु, बिषगत शाखा प्रमुख लगायतको सहभागीता थियो।

प्रकाशित : ६ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६