अर्थ-वाणिज्य

नेतालाई भ्रष्टाचारी भन्दै लौरो अभियान चलाएका भीम उपाध्यायमाथि भ्रष्टाचार मुद्धा




काठमाडौं ६ फागुन । नेपालका शिर्ष नेतालाई भ्रष्टाचारीको आरोप लगाउदै लौरो अभियान चलाएका स्वघोषित सामाजिक अभियन्ता भीम उपाध्याय भ्रष्टाचार अभियोगमा अख्तियारको फन्दामा परेका छन् । उनले गत चुनावमा लौरो चिन्हका साथ स्वतन्त्र अभियान चलाएका थिए । अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।अख्तियारका स्रोतका अनुसार मुद्दा दायर गरिएका पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुर छन् । त्यस्तै अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङलाई पनि प्रतिवादी बनाइएको छ ।विशेष अदालतमा आज दायर गरिएको मुद्दामा केही नेपाली र विदेशी परामर्शदातासमेत रहेको स्रोतले बतायो ।
अख्तियारका अनुसार ठेकेदारसँगको मिलेमतोमा एसियाली विकास बैंकबाट ऋणमा लिएको रकम सम्झौताविपरीत तथा कानूनले तोकेभन्दा बढी २० प्रतिशत दुई किस्तामा अतिरिक्त मोबिलाईजेसन पेश्कीबापत भुक्तानी गरिएको । सरकारी सम्पत्ति हानी नोक्सानी गरी निर्माण व्यवसायीलाई लाभ गराएको, पेश्की फर्च्छयौट नहुँदै निर्माण व्यवसायीको जमानतको व्याज असुल नगरेको अभियोगपत्रमा उलेख छ ।

अख्तियारका अनुसार खानेपानी मन्त्रालयका तत्कालीन सचिव एवं बोर्ड अध्यक्ष सञ्जय शर्मा र मुकुन्दप्रसाद पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १७८ बिगो दाबी गरिएको छ । त्यस्तै तत्कालीन सचिव भीमप्रसाद उपाध्यायसँग ४ करोड ११ लाख ३४ हजार २७९ रूपैयाँ बिगो माग गरिएको छ ।तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुरसँग ६० करोड ४९ लाख १९ हजार ८८४ रूपैयाँ र हालका अध्यागमन विभाग प्रमुख रुद्रसिंह तामाङसँग ११ करोड ९ लाख १७ हजार ४५८ रूपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित : ६ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६