रोल्पा १३ फागुन । रोल्पामा एक जना १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको छ । सुनिलस्मृति गाउँपालिका(१ घोडागाउँ बस्ने ६३ वर्षीय शेरे कामीलाई अभियोगमा शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । कामीले ती किशोरीलाई सोही ठाउँस्थित पाखोबारीमा लागि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१३ फाल्गुन २०८०, आइतबार
प्रतिक्रिया