खोज–अनुसन्धान

माओवादी स्थायी कमिटी बैठकमा कांग्रेस कै छलफल : निकास खोज्ने की दिने ?आज टुंगो लाग्ने




काठमाडौं १६ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा सत्तासाझेदार नेपाली कांग्रेसको महासमिती बैठकको निर्णय प्रति गम्भिर भएर सोच्नु पर्ने बहस सुरु भएको छ। कांग्रेस महासमिती बैठकमा माओवादी प्रतिको धारणाबारेको छलफल र निर्णयको चर्को आलोचना भएको छ। भने महासमिति बैठकले पारित गरेको दस्ताबेजदेखि हिन्दू राष्ट्र स्थापनाको पक्षमा भएको हस्ताक्षर अभियानप्रति माओवादी नेताहरूले गम्भीरतापूर्वक प्रश्न उठाएका छन्।

बैठकमा नेताहरूको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘कांग्रेसले बैठकबाट पारित गरेको दस्ताबेजको विषयमा कडाइपूर्वक कुरा गर्नुपर्छ भन्ने कुरा उठेको छ। कांग्रेसले खोजेको के हो रु त्यो स्पष्ट गर्नुपर्छ भन्ने कुरा आएका छन् अब प्रधानमन्त्रीले कुरा गर्नुहुन्छ।’कांग्रेस महासमितिको बैठकले चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापादेखि उपसभापति पूर्णबहादुर खड्काको जनयुद्धलाई संकेत गर्दै दश वर्षे युद्ध आवश्यक नभएको उल्लेखसहितको नीति प्रस्ताव महासमितिको बैठकबाट पारित भएको थियो। त्यसले माओवादीका तरंग पैदा गरेको छ।कांग्रेस नेता शंकर भण्डारीको नेतृत्वमा हिन्दू राष्ट्र स्थापनाको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो। त्यो अभियानलाई माओवादीका नेताहरूले संविधान विरोधी कदम भएको भन्दै आपत्ति जनाएका छन्।
कांग्रेससँग रुष्ट माओवादी नेताहरूले प्रधानमन्त्री प्रचण्डमाथि राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउन दबाब दिएका छन्। प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अधिकांश नेताहरूले राष्ट्रियसभाको अध्यक्ष छाड्न नहुने मत राखेको बताए।उनले भने, ‘राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो । र, त्यस सम्बन्धमा चाहिँ अन्तिम निर्णय हुन्छ। अधिकांशले चाहिँ राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ।’उनले बैठकमा कांग्रेस बैठकमा गठबन्धनविरुद्ध उठेका आवाजहरूको विषयमा पनि नेताहरूले कुरा उठेको बताए। राष्ट्रियसभा अध्यक्ष नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई दिने सहमति भइसकेको चर्चा छ।

प्रकाशित : १६ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६