बिजनेस

बाणगंगा नगरपालिकाको लोगो सार्वजनिक : दर्जनबढी विशेषता

अभियन्ता घिमिरेले पाए सफलता



कपिलवस्तु २० फागुन ।कपिलवस्तुको वाणगंगा नगरपालिकाको आज बसेको कार्यपादलिका वैठकले नगरको लोगो छनौट गरेको छ । वैठकले विगत लामो समयदेखि प्रकृयामा रहेको नगरपालिकाको लोगो छनौट कार्य अन्तिम टुंगोमा पुरयाएको हो । सामाजिक अभियन्ता समेत रहेका वाणगंगा ४ का प्रकाश घिमिरेले तयार गरेको लोगो उत्कृष्ट छनौटमा परेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले बताए ।
वणगंगा नगरपालिकाले लोगो निर्माणको लागि ६ महिना अघि सार्वजनिक सूचना आवहन गरेको थियो । जसमा ३२ जनाले नगरपालिकामा लोगो पेश गरेका थिए । ३२ बाट ६ जना दोश्रो चरणका लागि छनौटमा परेको थियो । ६ मध्येबाट प्रकाश घिमिरेको लोगो छनौट भएको हो । उत्कृष्ट लोगो तयार गर्नेलाई नगरपालिकाले ३० हजार पुरस्कार राखेको थियो ।बाणगङ्गा नगरपालिकाको प्रस्तावित लोगोको १३ विशेषता रहेको निर्माता प्रकाश घिमिरेले जानकारी दिए ।

वाणगंगा नगरको छनौटमा परेको उत्कृष्ट लोगोका यस्ता छन् विशेषता :
१ बाणगङ्गाको नाम सहित जोडिएको बाणगङ्गा नदी
२ बाणगङ्गा नगरपालिकाले पहिचान गरेको नारा
३ बाणगङ्गाको क्षेत्रमा रहेको पुर्व पश्चिम जोड्ने महेन्द्र राजमार्ग
४ सामाजिक समावेशीकरण र महिला पुरुषको समान सहभागीताको संकेत महिला पुरुषको हात
५ बाणगङ्गा नगरपालिकाको ११ वटै वडाहरुको संकेत गरीएको नक्सा
६ बाणगङ्गा नगरपालिकाको महत्वपुर्ण खेती धान,गहुँ, तोरी, मकै सुर्यमुखीको संकेत
७ नेपालको नक्सा, राष्ट्यि झण्डा र प्रदेशको नाम समेत समेटीएको
८ बाणगङ्गाको व्यवस्थित तथा ब्यवसायीक र आवास क्षेत्रको संकेत
९ बाणगङ्गा नगरपालिकाको ऐतीहासीक धार्मिक तथा पर्यटकीय क्षेत्रको संकेत
१०बाणगङ्गा नगरपालिकको उर्वरभुमि
११थारु संस्कृति झल्कने ढकीयाको संकेत
१२बाणगङ्गा ऐतीहासीक पर्यटकीय क्षेत्रको प्रतिनिधीत्व गर्ने पार्क
१३बाणगङ्गा नगरपालिको महत्वपूर्ण सामुदायिक वन तथा राष्ट्यि वन क्षेत्रको संकेत रहेको छ ।

प्रकाशित : २० फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६