ब्रेकिंग न्युज

बैंकहरुमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब गरिब किसानलाई बाँड्ने आँट गर्नुस् : भट्टराई



काठमाडौँ २५ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरुको निश्चित ऋण मिनाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेका छन् । काठमाडौँमा मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन जनाउन पुगेका उनले जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरु च्यातेको र आगो लगाएको स्मरण गराउँदै तत्काल निश्चितसम्मको ऋण मिनाहाको आग्रह गरेका छन् । उनले लिखित तमसुकहरु खोजेर कारबाहीको दायरामा ल्याउन आग्रह गरे । उनले नेपालका बैंकहरुमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब गरिब किसानलाई बाँड्ने आँट गर्न आग्रह गरे ।

उनले मिटरब्याज पीडितहरुको विषयमा बनेका थुप्रै आयोगहरुको प्रतिवेदन सार्वजनिक नभएको भन्दै गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको अयोगको प्रतिवेदन सार्वजनिक गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे । ‘मिटरब्याज पीडितका विषयमा थुप्रै आयोगहरु बने । पहिला पनि बनेको थियो, प्रतिवेदन दिइयो । तर पछिल्लो पटक गौरीबहादुर कार्की आयोग जुन बन्यो, त्यसले दिएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन, त्यसलाई केले रोकेको छ रु रविजी हिजो मात्रै उपप्रधान एवं गृहमन्त्री बन्नु भएको छ, रविजी तपाईले आज नै त्यसलाई जारी गरिदिनुस्, बल्ल तपाईहरु परीक्षाबाट उत्तिर्ण हुनु हुनेछ । नत्र जुन जोगी आए पनि कानै चिरेका भनेज स्तो हुने खतरा छ ।’

पूर्व प्रधानमन्त्री भट्टराईले लघुवित्त पीडितका मागहरुमा आफ्नो आफ्नो पार्टी नेपाल समाजवादीको तर्फबाट पूर्ण समर्थन रहेको बताएका छन् । लामो समयदेखि मिटरब्याज पीडितहरू देशका विभिन्न ठाउँबाट राजधानीमा आएर न्यायको माग गरिरहेका छन् । उनीहरूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै सरकारप्रति असन्तुष्टि समेत जनाएका छन् । सरकारलाई दबाब दिन गत माघ १६ गते पूर्व मेची र पश्चिम महाकालीबाट एकै पटक न्याय मार्च सुरु गरेका मिटर ब्याज पीडितहरूले धर्ना तथा आन्दोलन गरिरहेका छन् ।

प्रकाशित : २५ फाल्गुन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६