ब्रेकिंग न्युज

३८ महिनापछि सरकारले जुराएको ओली -नेपाल पुनर्मिलन कहाँ सम्म पुग्ला ?




काठमाडौं २५ फागुन । केपी शर्मा ओली र माधवकुमार नेपाल पुराना साथी हुन् । विसं २०२८ सालतिर एकअर्कालाई चिनेरजानेका उनीहरू अहिले पनि नेपाली राजनीतिका मुख्य पात्र हुन् ।२०२९ सालतिर, ओली झापा आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहे । त्यसपछि प्रहरीले पछ्याउन थालेपछि उनी भूमिगतरूपमा नै मोरङ पुगे, जहाँ उनलाई नेपालले ‘सेल्टर’ दिएका थिए ।
त्यसपछि विभिन्न वाम अभियानमा सक्रिय सहभागिता जनाउने क्रममा ओली कारागार चलान भए, जहाँ उनले १४ वर्ष बिताए । ठीक त्यही बेला, नेपाल भने साङ्गठनिकरूपमा सक्रिय भूमिकामा थिए ।
२०४४ सालमा ओली रिहा भएर पुनः आन्दोलनमा सक्रिय भए । त्यसपछि ओली नेपाल, मदन भण्डारी, प्रदीप नेपाल, वामदेव गौतमलगायत एकैठाउँमा भए । २०४९ सालसम्म आइपुग्दा मदन भण्डारीले जनताको बहुदलीय जनवाद ९जबज० कार्यक्रम अघि सारे, ०४९ कै पाँचौँ महाधिवेशनबाट जबज पारित भयो ।

२०५० सालमा मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित दासढुङ्गामा भएको दुर्घटनामा बिते । त्यसपछि ओली वा नेपालले नेतृत्व सम्हाल्नुपर्ने भयो । र, अन्ततः नेपाल महासचिव बने । त्यसबेला महासचिवमा नेपाललाई प्रस्तावित गर्ने उनै ओली थिए ।

उनीहरू २०५९ सालको सातौँ महाधिवेशनसम्म निकै निकट थिए । जनकपुरमा भएको उक्त महाधिवेशनमा ओलीले बहुपदीय अध्यक्षात्मक प्रणालीको प्रस्ताव गरेका थिए । माले(एमाले एकतापछि फर्किएका वामदेव गौतमलगायतका नेताको पनि त्यहाँ सहमति थियो । तर, त्यसलाई अस्वीकार गर्दै नेपाल पुनः महासचिवमा दोहोरिए । त्यसपछि हो, ओली(नेपालबीच सम्बन्ध बिग्रिएको ।

त्यहाँबाट यहाँ आइपुग्दा पनि ओली(नेपालबीच विभिन्न उतारचढाव तथा सङ्घर्ष भएका छन् । अहिले उनीहरू न नजिकको, न टाढाको जस्तै भएका छन् ।
२०७५ जेठ ३ गते नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरू एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बन्यो । तर, २९ महिना पुग्दानपुग्दै फुट्यो २०७७ पुस ७ गते । ओली(नेपालको सम्बन्ध भने ज्यूँका त्यूँस नेकपा बन्दा उस्तै, फुट्दा पनि उस्तै ।

नेकपा त फुट्यो फुट्यो, नेकपाबाट पूर्ववत् अवस्थामा फर्किएको एमाले पनि सग्लो रहन सकेन । २०७८ भदौ २ गते एमालेका वरिष्ठ नेता रहेका नेपालले एकीकृत समाजवादीका रूपमा एमाले फुटाए । पार्टी फुटाइदिएपछि ओली नेपालसँग रिसले झन् चुर भए ।एकीकृत समाजवादीलाई निर्वाचन आयोगले भदौ ९ गते छुट्टै राजनीतिक दलका रूपमा वैधानिकता प्रदान गर्‍यो । तर, ओलीले एकीकृत समाजवादीलाई अहिलेसम्म पनि पार्टी मानेका छैनन् । नेपालको अध्यक्षतामा एकीकृत समाजवादी बनिसक्दा पनि ओलीले ‘जो चोइटिएर गएको छ, त्यसकै नाम एकीकृत’ भनेर व्यङ्ग्य गर्थे, अझै गर्छन् ।

यत्तिसम्म कि एकीकृत समाजवादी गठन भएको ३ महिनापछि चितवनमा भएको एमालेको दशौं महाधिवेशनको उद्घाटनसत्रमा नेपाललाई निम्त्याइएको थिएन । जबकि अरु सबै दल बोलाइएको थियो र पुगे पनि ।

यो क्रम अहिलेसम्मै थियो, गत दशैं(तिहारको अवसरमा एमालेद्वारा आयोजित चियापान कार्यक्रममा पनि नेपाललाई पूर्वप्रधानमन्त्रीका रूपमा मात्रै निम्त्याइएको थियो, नेपाललाई पठाइएको निम्तोमा एकीकृत समाजवादीका अध्यक्ष भनिएको थिएन । त्यसकारण उनी गएनन् पनि ।

तर, अहिले राष्ट्रिय राजनीतिको कोर्ष फेरिएपछि भने उनीहरू नजिक भएका छन् । नयाँ गठबन्धनले गठन गरेको सरकारमा उनीरूको पार्टी सहभागी भएको छ । एमाले ८ मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ भने एकीकृत समाजवादी २ मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ ।

कांग्रेसले वैकल्पिक गठबन्धन बनाउने डर देखेपछि अत्तालिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार एमालेका अध्यक्ष ओली २ पटक नेपालनिवास कोटेश्वर पुगे । त्योभन्दा अगाडि पनि ओलीले नेपाललाई फोनसमेत गरेका थिए । जे होस्, अहिले उनीहरूबीच वाक्य फुटेको छ ।

५० वर्षभन्दा पहिले चिनजान भएका उनीहरू ३८ महिनापछि पुनस् एउटै सरकारमा सहभागी भएका छन् । अब यो सहयात्रा पार्टी एकतासम्म पुग्छ कि बीचमै फेरि तोडिन्छ रु अहिले नै अनुमान गर्न गाह्रो छ । तर, राष्ट्रिय परिस्थिति यस्तो भएको छ कि ओली नेपाल नजिक हुन बाध्य भएका छन् ।

प्रकाशित : २५ फाल्गुन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६