ब्रेकिंग न्युज

सुदूरपश्चिम सरकारमा नाउपाका ३ मन्त्री, पार्टी निर्णय बिना जानेलाई कारबाही हुन्छ : अध्यक्ष श्रेष्ठ



कपिलवस्तु २५ फागुन ।नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरूलाई नागरिक उन्मुक्ति पार्टीले कारबाही गर्ने भएको छ।केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका सरकारलाई समर्थन गरिरहेको नागरिक उन्मुक्तिका तीन जना मन्त्रीले शुक्रबार साँझ सूदुरपश्चिम सरकारमा सहभागी हुँदै सपथ लिइसकेका छन्।तर यो निर्णय आफूहरूको सल्लाहबिनै भएकाले उनीहरूलाई कारबाही गर्ने केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन्।
शुक्रबार साँझ कुरा गर्दै अध्यक्ष श्रेष्ठले भनिन्, ‘उहाँहरू सरकारमा जानु भएछ। सपथ खानु भयो भन्ने मैले पछि थाहा पाएँ। अल्पमतको सरकारमा जाने पार्टीको नीति थिएन। हामी भोलि छलफल गर्छौं र उहाँहरूलाई कारबाही हुन्छ। त्यहाँका संसदीय दलका नेताले हामीसँग सल्लाह पनि नगरी निर्णय गर्नु भएको छ।’केन्द्रमा सत्ताबाट बाहिरिएको कांग्रेसले सूदुरपश्चिम सरकार जोगाउने प्रयास गरिरहेको छ। ७ सांसद रहेका नागरिक उन्मुक्तिबाट तीन जनालाई शुक्रबार मन्त्री बनाइएको हो।कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरूलाई हटाएका थिए। उक्त स्थानमा नागरिक उन्मुक्तिबाट मन्त्री थपिएका हुन्।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन्। यस्तै इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मा दिइएको छ भने खुसीराम चौधरीलाई बिनाविभागीय मन्त्री बनाइएको छ।नागरिक उन्मुक्तिकै भूमि व्यवस्थामन्त्री रामेश्वर चौधरीको जिम्मेवारी यथावत छ।कैलाश चौधरी राज्यमन्त्रीबाट फिर्ता भएका छन्। उनको ठाउँमा गिरीलाई ल्याइएको हो।

प्रकाशित : २५ फाल्गुन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६