ब्रेकिंग न्युज

किसानलाई दूधको पैसा भुक्तानी गर्न नसकेको दुग्ध विकास संस्थान पाँच करोड भन्दा धेरै नाफामा



काठमाण्डौ, २६ फागुन । दूध उत्पादन गर्ने किसानलाई लामो समयदेखि भुक्तानी नदिएको दुग्ध विकास संस्थान (डीडीसी) ले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पाँच करोड रुपैयाँ भन्दा धेरै नाफा कमाएको छ।

डीडीसीको प्रतिवेदन अनुसार साउनदेखि पुस मसान्तसम्ममा पाँच करोड १५ लाख पाँच हजार एक सय ९४ रुपैयाँ नाफा भएको हो । डीडीसीे ६ वर्षदेखि घाटामा रहेको थियो । डीडीसीले साउनदेखि पुससम्ममा एक अर्ब ९४ करोड ४९ लाख आम्दानी र एक अर्ब ८८ करोड ७७ लाख रुपियाँ खर्च गरेको छ ।

डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बितेको छ महिनाको हिसाब निकाल्दा पाँच करोड नाफामा रहेको तर त्यो नगदमा नआएको बताउनुभयो । उत्पादन गरिएको दुग्धजन्य पदार्थ मौज्दात रहेका कारण नगद नआएको तर चैतदेखि सुक्खा सिजन शुरु हुने भएकोले त्यसपछि मौज्दात बिक्री भएर नाफा नगदमा प्राप्त हुने बताउनुभयो ।

झाका अनुसार अहिले डीडीसीसँग एक अर्ब रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ मौज्दात छ । किसानलाई पनि झण्डै एक अर्ब रुपैयाँ नै भुक्तानी गर्न बाँकी छ । मौज्दात बिक्री भएपछि किसानलाई भुक्तानी दिन समस्या नहुने उहाँले बताउनुभयो । किसानलाई भुक्तानी गर्न सरकारले ३० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराएको छ ।

प्रकाशित : २६ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६