प्रदेश

लुम्बिनी प्रदेशस्तरीय महिला फुटबल खेलाडी छनोट सुरु



घोराही, २६ फागुन । दाङमा लुम्बिनी प्रदेशस्तरीय महिला फुटबल खेलाडी छनोट कार्यक्रम भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला फुटबल संघको समन्वयमा महिला खेलाडी छनोट कार्यक्रम सुरु भएको हो ।

लुम्बिनी प्रदेशस्तरीय छनोट हुने महिला फुटबल टिमले बागमती प्रदेश खेलकुद परिषदको आयोजनामा अगामी चैत २५ गतेदेखि सुरु हुने अन्तर प्रदेशस्तरीय राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भाग लिने लुम्बिनी प्रदेश फुटबल प्रशिक्षक जनक केसीले जानकारी दिनुभएको छ । उक्त प्रतियोगितालाई मध्यनजर गरेर छनोट कार्यक्रम भइरहेको बताउनुभयो ।

दाङको बेल्झुण्डी रंगशाला र अरनिको मैदान तुलसपुरमा भएको छनोट खेलमा दाङ, बाँके, बर्दिया, रुपन्देही र कपिलवस्तु जिल्लाका २४ महिला खेलाडीको सहभागिता रहेको छ । छनोट प्रतियोगितामा फागुन २५ र २६ गते दुई दिने हुने छ । छनोट कार्यक्रममा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जात धिताल, लुम्बिनी प्रदेश फुटबल संघका कोषाध्यक्ष केशव चौधरी, दाङ फुटबल प्रशिक्षक दुर्गा राजलवटलगायतमा सहभागी रहनुभएको छ ।

प्रकाशित : २६ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६