काठमाण्डौं, ०३ चैत्र ।
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ।
शनिबार बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक मनहरी तिमिल्सिनाले जानकारी दिए।
बैठकमा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरूङ सहभागी थिए। त्यस्तै नेपाल समाजवादी पार्टीबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए।
बैठले पार्टी एकता गर्ने र एकीकृत पार्टीको नामको विषयमा आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ।
त्यस्तै पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ। कार्यदलमा माओवादी केन्द्रबाट महासचिव गुरूङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष श्रेष्ठ र महासचिव यादव रहेका छन्।बालुवाटारको बैठकमा अध्यक्ष बाबुराम भट्टराई भने सहभागी थिएनन्।
प्रतिक्रिया