खोज–अनुसन्धान

राष्ट्रियसभा समानुपातिक र प्रतिनिधि सभामा पूर्ण प्रत्यक्ष बनाउन एमाले -काङ्ग्रेस गठबंधन आबस्यक : खतिवडा




कपिलवस्तु ३ चैत ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कांग्रेस र एमाले मिलेर अगाडि बढ्न आग्रह गरेका छन्।ढुवानी व्यवसायी महासंघ नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खतिवडाले कांग्रेस र एमाले मिल्दा स्थिर सरकार बन्न सक्ने बताउँदै मिलेर अगाडि बढ्न आग्रह गरेका हुन्।तपाई हामी मिलौं, स्थिर सरकार बन्न सक्छ,’ खतिवडाले भने।

त्यसका लागि समानुपातिकलाई राष्ट्रियसभामा लैजाने र प्रतिनिधि सभालाई पूर्ण प्रत्यक्ष प्रणाली बनाउने गरी संविधान संसोधन गर्न सकिने उनले बताए।नभए स्थिर सरकार नबन्ने भयो। तपाईले एउटालाई तान्ने, मैले एउटालाई तान्ने। तानातान गर्ने काम केही नहुने। यो प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ उनले भने।उनले आफ्नो पार्टी संसदलाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको बताएका छन्।

कानुन निर्माण गर्ने थलो संसदलाई बन्धक बनाएर, तर्साएर, थर्काएर नराखि अघि बढाउनका लागि काँग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको उनले बताए।संसदीय पद्धतिअनुसार मुलुकलाई नयाँ बाटोमा लैजान कांग्रेस प्रतिबद्ध रहेको सांसद खतिवडाले बताए।

प्रकाशित : ३ चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६