प्रदेश

रोटरीको १६ औं डिष्ट्रिक कन्फ्रेन्स समापन



बुटवल, ०४ चैत्र । बुटवलमा गत शुक्रबार शुरु भएको रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्स आईतबार समापन भएको छ। ३ दिनसम्म चलेको डिष्ट्रिक कन्फ्रेन्समा रोटरीले देशभर संचालन गरेका विभिन्न परियोजना, तिनिहरुले समुदायमा पारेको प्रभाव तथा आगामी कार्यदिशा बारे छलफल गर्दै समापन गरिएको हो।

कन्फ्रेन्समा देशभरीबाट १७ सय बढि रोटरी सदस्य तथा अन्य पाहुनाहरु गरि १८ सय बढिको सहभागिता रहेको थियो। नेपाल सरकारका उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री रघुबिर महासेठले उद्धघाटन गरेको कन्फ्रेन्समा बिभिन्न फरक फरक बिषयका सेशनहरुमा सामाजिक क्षेत्रका अभियान्ता र रोटरी क्लवका अगुवाहरुले सहजीकरण गरेका थिए। कन्फ्रेन्समा रोटरीको महत्वपुर्ण एक अंगको रुपमा रहेको सदस्यता विस्तार, सर्भिस प्रोजेक्ट, युथ डेभलपमेन्ट, वुमन एण्ड लिडरसिप, पब्लिक ईमेज, ईकोनोमिक डेभलपमेन्ट लगायतका विषयमा छलफल गरिएको डिष्ट्रिक कन्फ्रेन्स कमिटी चेयर एजाज आलमले जानकारी दिए।

कन्फ्रेन्समा रोटरीका पुर्व गभर्नरहरुका अलावा तुरुङग्राम ग्याल्वा रिम्पोछे, चर्चित हास्यव्यंग्य कलाकार मनोज गजुरेल, गायक प्रमोद खरेल, अफसर अली, गायीका मिलन नेवार, मेनुका पौडेल, मिस नेपाल वल्ड श्रीच्छा प्रधान, पत्रकार टिकाराम यात्री, ब्राण्डिङ एण्ड मार्केटिङ एक्स्पर्ट प्रणाया केसी लगायतले आ आफ्नो क्षेत्रको बिषयमा सहजीकरण गरेका थिए। कन्फ्रेन्स समापनको अवसरमा विभिन्न क्षेत्रका अवार्ड तथा पुरस्कार वितरण गरिएको थियो। त्यस्तै बर्षभरीमा उत्कृष्ट कार्य सम्पादन गर्ने क्लव, क्लवका अध्यक्ष तथा सचिवहरुलाई पनि पुरस्कृत गरिएको थियो।

कार्यक्रममा दृष्टि बिहिन गायीक मेनका पौडेललाई नगद २५ हजार र मानवसेवा आश्रम बुटवलकी टिका थापालाई नगद १० हजार सहित सम्मान गरिएको रोटरी क्लवका एसिसटेन्ट गभर्नर यादव भण्डारीले बताए।

प्रकाशित : ४ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६