प्रदेश

गौतमबुद्ध विमानस्थल अगाडि दुर्घटना, मालपोत अधिकृतको मृत्यु



बुटवल, ०५ चैत्र । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि आइतबार साँझ भएको सवारी दुर्घटनामा एक पुरुषको ज्यान गएको छ । सडक दुर्घटनामा रुपन्देहीको मझगांवा मालपोत कार्यालय प्रमुख तिलक रावतले ज्यान गुमाएका हुन् ।

भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको बा २१ च ७५५३ नंम्बरको कारले गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल अगाडि रावत सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिँदा रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भैरहवा लुम्बिनी सडक खण्डको बेथरीबाट भैरहवातर्फ आउँदै गरेको रावत चढेको मोटरसाइकल र भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको कार विमानस्थल गेट अगाडि सडकमा ठोक्किएका थिए । ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : ५ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६