देश

गृहमन्त्री लामिछानेले राजीनामा दिनु पर्दैनः ओली



काठमाडौं, ०६ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनु नपर्ने बताएका छन् ।


मंगलबार धनगढीमा पत्रकारहरुसंग कुरा गर्दै ओलीले सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राजीनामा मागिरहेको बेलामा लामिछानेको बचाउ गरेका हुन् । ओलीले लामिछाने सहकारी डुबाउने कुरामा नलागेका, सञ्चालक पनि नभएका भन्दै कसरी छानबिन प्रभावित हुन्छ भन्ने प्रश्न गरे । कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन त्यसो भएको हुँदा बदनाम गर्न खोज्ने फसाउने काम गरिएको ओलीको तर्क छ ।


उजुरी दर्ताकै आधारमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री पद खाली हुन्छ, संसद् खाली हुन्छ सबै खाली हुन्छ, उजुरी त एउटा लगेर हाल्दिए भइहाल्यो नि भन्दै ओलीले लामिछानेको थप बचाउ गरे ।

कांग्रेसका मन्त्रीहरू झण्डा छोपेर अख्तियारमा बयान दिन गएको भन्दै नैतिकताको कुनै अर्थ नरहेको बताए ।

प्रकाशित : ६ चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६