प्रदेश

लायन्स कपिलवस्तुको नेतृत्वमा घिमिरे चयन



कपिलवस्तु, १० चैत्र । लायन्स क्बलव अफ कपिलवस्तुको आठौँ कन्भेन्सनले लायन नवदत्त घिमिरेलाई आगामी नेतृत्व प्रदान गरेको छ । स्याङ्जाको सिरुवारी आधिखोला गाउँपालिका १ पञ्चमुलमा आयोजित कन्भेन्सनबाट घिमिरेलाई नेतृत्व प्रदान गरिएको हो ।

बिशुद्ध मानवीय सेवा गर्ने संसारकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय संस्थाको रुपमा परिचित लायन्स क्लबले आफ्नो प्रतिभा अथवा क्षमतालाई प्रयोग गरि राष्ट्रलाई सुरक्षित र स्वतन्त्र राख्न अग्रसर हुने अवसर प्रदान गर्ने काम गर्दै आएको छ । ७ जुन १९१७ का दिन अमेरीकाको शिकागो इलियोनसमा एक सामान्य जीवन वीमा ब्यवसायी स्वर्गिय मेलविन जोन्सको पहलमा स्थापित एसोसिएसन अफ लायन्स क्लब्स नै आजको अन्तराष्ट्रिय लायन्स क्लब्स इन्टरनेश्नल हो ।

कपिलवस्तु जिल्लामा ५० बढी सदस्य रहेको लायन्सले शुक्रबार स्याङ्जाको सिरुबारीमा आफ्नो ८ औँ कन्भेन्सन आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट लायन्स कपिलवस्तुको आठौँ अध्यक्षका रुपमा नबदत्त घिमिरेसहित प्रथम उपाध्यक्षमा नारायण पौडेल, द्धितीय उपाध्यक्षमा सुमन क्षेत्री र तृतीय उपाध्यक्षमा सागर घिमिरे चयन हुनुभयो । यस्तै उपाध्यक्षमा विश्वराज खनाल र सान्ताराज गैरे, सचिवमा दामोदर पन्थी, कोषाध्यक्ष विष्णु घिमिरे, सह सचिवमा गिरिराज कडेँल, सह कोषाध्यक्षमा विष्णु पाठक चयन हुनुभएको लायनस क्लव अफ कपिलवस्तुले जानकारी दिएको छ ।

लायन्स पुर्व अध्यक्षद्धय सुरेन्द्र घिमिरे र रामसुभागे थारुको संयोजनमा आयोजित कन्भेन्सनमा लायन्स क्लव अफ कपिलवस्तुका संस्थापक अध्यक्ष कृष्ण के।सीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लायन पुर्व अध्यक्ष धातानन्द भुसालको विशिष्ठ आतिथ्यतासहित लायन्स कपिलवस्तुका सदस्यहरुको उपस्थिति रहेको थियो । सोही कार्यक्रममार्फत लायन्स क्लव अफ कपिलवस्तुले क्लब संचालन आन्तरिक कार्याविधि सिरुवारी घोषणा पत्र समेत सार्वजनिक गरेको छ ।

सन् २०१७ अक्टोवरबाट कृष्ण क।सीको नेतृत्वमा कपलिवस्तुमा पहिलो पटक लायन्स क्लव आफ कपिलवस्तुको सुरुवात भएको थियो । बितेका ७ वर्ष लायन्स क्लव अफ कपिलवस्तुले यहाँका विभिन्न सामाजिक क्षेत्रका कार्यक्रमहरु संचलान गरी आफ्नो फरक पहिचान बनाइसकेको छ । समुदायका विपन्न नागरिकहरुलाई राहत प्रदान गर्ने, विभिन्न सामाजिक सचेतनाका अभियानहरु संचालन गर्ने, नयाँ प्रयोग र नयाँ अभ्यासलाई बढवा दिने, सिर्जनशिलताका गतिविधिहरुमा बढी केन्द्रित हुने गरेको छ । स्थपना देखि अहिले सम्म संस्थाको गरिमा उच्च हुँदै गएको हुँदा नयाँ आउने नेतृत्वले पनि लायन्स क्लवको वास्तविक मर्मलाई आत्मसाथ गर्न संस्थपक अध्यक्ष के.सीले आग्रह गर्नुभयो ।

नेपालकै पहिलो पर्यटन गाउँ स्याङ्जा सिरुबारीमा लायन्सले आफ्नो आठौँ कन्भेन्सन मनाइरहदा यहाँको पर्यटन प्रर्वद्धनमा समेत यसले टेवा पुगेको लायन्स सदस्यहरुले बताएका छन् । आँधीखोला गाउँपालिका–१, स्याङ्जाको गुरुङ बस्ती सिरुबारी र सिरुबारीमा रहेका ५० कम घरहरु पर्यटकहरुका लागि आवस स्थल मानिन्छन् । गुरूङ जीवनशैली, संस्कृति र आत्मीयताका लागि संसारभर ख्याती कमाएको गाउँको रुपमा परिचय साट्ने थलो रहेको सिरुबारीमा लायन्स क्लव अफ कपिलवस्तुले कन्भेन्सन गर्दा यहाँको मौलिक परम्परा र जीवनशैली समेत बुझ्ने अवसर मिलेको लायन्स सदस्यहरुले बताए ।

प्रकाशित : १० चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६