ब्रेकिंग न्युज

करेन्ट लागेर एकै घरका ३ जनाकै मृत्यु




दाङ १० चैत । दाङको देउखुरीमा करेन्ट लागेर एकै घरका ३ जनाकै मृत्यु भएको छ ।राप्ती गाउँपालिका—३, तल्लो मसुरिया चोकमा शनिबार दिउँसो करिब दुई बजेको समयमा विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।करेन्ट लाग्दा सोही ठाउँ निवासी चन्द्रबहादुर केसीका छोरा वर्ष ४ को कृष्ण केसी र हजुरआमा ५५ वर्षीय दिलसरा केसी र ६० वर्षीय हजुरबुवा गोरखबहादुर केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरिक्षक उज्जलबहादुर सिंहले जानकारी दिएका छन् ।घाइते मध्ये हजुरआमा र नातिको लमही अस्पताल र हजुरबुवाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरिक्षक सिंहले जानकारी दिएका छन् । घरको आगनमा उभिएको अवस्थामा चुडिएको तारले करेन्ट लागेर मृत्यु उनीहरूको मृत्यु भएको प्रहरी निरिक्षक सिंहले जानकारी दिएका छन् ।

एक्कासी बिजुलीको तार चुँडिएर घरको आँगनमा खस्न पुग्दा कृष्णलाई करेन्ट लागेको पछि बचाउन जाँदा हजुरबुबा र हजुरआमालाई पनि करेन्ट लागेको थियो । नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनको तार चुडिएर करेन्ट लागेको बताइएको छ । विधुतको लापरबाहीले तार चुडिएर मानवीय क्षति भएको स्थानीयहरूले बताएका छन् । अहिले मृतकका आफन्तले क्षतिपूर्तिको माग राखि विधुत जोड्न दिएका छैनन् ।

प्रकाशित : १० चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६