देश

होलीलाई मर्यादित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना, २९ हजारभन्दा बढी प्रहरी परिचालन



काठमाण्डौ, ११ चैत्र । नेपाल प्रहरीले फागु अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन पर्सिसम्मका लागि विशेष सुरक्षा योजना लागू गरेको छ । यसका लागि देशभर २९ हजार ३ सय ३३ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले यसवर्षको होली शान्ति र सौहार्द्धपूर्ण रहोस् भन्ने उद्देश्यसहित आजदेखि पर्सि १३ गते मङ्गलवारसम्मका लागि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

काठमाण्डौ, ललितपुर र भक्तपुरमा होली सुरक्षित र मर्यादित बनाउन जिल्लाका ठाउँ ठाउँमा नेपाल प्रहरी र ट्राफिक प्रहरी खटाइएको छ । होली पर्व मनाउने क्रममा हुने दुर्घटना कम गर्नका लागि उपत्यका प्रवेश गर्ने सबै नाकाहरु र अन्य ९० ठाउँमा बिहान ७ बजेदेखि नै जाँचको व्यवस्था मिलाइएको छ । जाँचमा एक हजार जना ट्राफिक प्रहरी खटिएका छन् । यस्तै, ३० वटा मोबाइल भ्यान परिचालन छन् ।

प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि आग्रह गरेको छ । अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक हो–हल्ला गर्ने, झै–झगडा गर्नेलगायतका उच्छृङ्खल गतिविधि गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा आज र तराईमा भोलि होली पर्व मनाइँदैछ ।

प्रकाशित : ११ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६