देश

एमसीसीका परियोजनाको प्रक्रियामै अलमल



काठमाण्डौ, ११ चैत्र । पाँच वर्षभित्र तोकिएकै मितिमा सक्ने भने पनि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत एमसीए नेपालका परियोजना प्रक्रियाकै चरणमा अल्झिएका छन् । विद्युत् प्रसारण लाइन र सडक निर्माणका दुवै योजनामा सात महिना बित्न लाग्दा पनि जग्गा अधिग्रहणदेखि ठेक्का प्रक्रियासमेत अलमलमै रहेको छ ।

एमसीए नेपालको परियोजना गएको भदौ १३ गतेदेखि पूर्ण रुपमा लागू हुने चरणमा गएको हो । तीन सय १५ किलोमिटर लामो चार सय केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि एमसीए नेपालले झण्डै एक हजार ४७१ हेक्टर जमिन आवश्यक पर्ने जनाइएको छ । अहिलेसम्म रातामाटेको सबस्टेसन लागि २० दशमलव २७ हेक्टर जमिन अधिग्रहणको कार्य सकिएको छ ।

प्रसारण लाइनका टावरका लागि मात्रै १० जिल्लामा एक सय चार हेक्टर जमिन अधिग्रहण आवश्यक हुन्छ तर अहिले स्थलगत अनुगमनबाहेक थप प्रगती भएको छैन । लामो तयारीपछि आह्वान गरेको बोलपत्र प्रक्रिया नै रद्द गरिएको छ । पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको सडकको स्तरोन्नतिको काम पनि कागजी प्रक्रियाबाट बाहिर आउन सकेको देखिँदैन ।

एमसीए नेपालका अनुसार ४० किलोमिटर लामो यो सडकको प्रारम्भिक वातावरणीय मूल्याङ्कन प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । यसको बोलपत्र आउँदो असारभित्र आह्वान गर्ने प्रतिबद्धता एमसीए नेपालले जनाएको छ ।

प्रकाशित : ११ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६