ब्रेकिंग न्युज

कपिलवस्तुको सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टले पायो चारतारे होटलको मान्यता




कपिलवस्तु १२ चैत । कपिलवस्तुको पहिलो चारतारे होटलको रुपमा एक होटलले मान्यता पाएको छ । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटास्थित ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ले ४ तारे होटलको मान्यता पाएको छ। पर्यटन विभागले रिसोर्टको स्थलगत अनुगमन तथा निरीक्षण गरी चार तारे होटलको मान्यता दिएको हो। २५ बिगाहा क्षेत्रफलमा फैलिएको रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स र २ वटा स्विट रुम छन्
।रिसोर्टमा साना ठूला पाँचवटा कन्फ्रेरेन्स हल छन्।विभागबाट ४ तारे स्तरको मान्यता पाएसँगै व्यापार बढाउन सहयोग पुग्ने विश्वास लिएको सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए। रिसोर्टले आफ्नो हातामा रहेको पोखरीमा मोटरबोट सयर सेवा समेत राखेको छ। ‘फिस फार्म’ सहितको रिसोर्टमा ज्याकुजी, स्पा लगायत सुविधा उपलब्ध छन्। रिसोर्टले हाल ७५ जनालाई रोजगारी दिएको छ। चाँडै नै क्यासिनो संचालनमा ल्याइ ३८० जनालाई रोजगारी दिने रिसोर्टको योजना छ।

प्रकाशित : १३ चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६