प्रदेश

लुम्बिनीमा आजदेखि विराट चक्रविज्ञान तथा ध्यान सुरु




बुटवल, १७ चैत्र। बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि विराट चक्रविज्ञान तथा ध्यान सुरु भएको छ । लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय ध्यानकक्षमा नेपालसहित विभिन्न १५ मुलुकका नागरिकहरुको उपस्थितीमा ध्यान सुरु भएको हो ।

एकसाथ ५ हजार जनाको उपस्थिती हुने दाबी गरिएको विराट चक्रविज्ञान तथा ध्यान ७ दिनसम्म सञ्चादन हुने छ । जीव विज्ञान परिषदको आयोजनामा यही चैत्र २३ गतेसम्म हुने विराट चक्र विज्ञान विश्वमै ठूलो संख्यामा आयोजना गर्न लागिएको हो । जीव विज्ञान परिषद लुम्बिनीका संयोजक केशव खनालले यस कार्यक्रमलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत दर्ता गरिने उल्लेख गरे । यस प्रकारको कार्यक्रम यसअघि अस्ट्रेलियमा आयोजना हुँदा १४७१ जना उपस्थित भई ३ दिनसम्म मात्रै आयेजना भएको उल्लेख गर्दै उनले यो नै पहिलो र ठूलो कार्यक्रम हुने दाबी गरे । कार्यक्रममा देशका विभिन्न सरकारी निकायका प्रतिनिधि तथा अनुयायीहरुलाई निमन्त्रणा गरिएको उनले जानकारी दिए ।

भगवान गौतम बुद्धको ‘अप्प दिपो भव’ अर्थात तिमी आफ्नो प्रकाश आफै बन भन्ने स्व–जागरणको उपदेशलाई सार्थक बनाउन कार्यक्रम आयोजना गरिएको उनले बताए । व्यक्ति भित्र नैशर्गिाक रुपमा रहेका स्वास्थ्य सुख, आत्मविश्वास, प्रेम, ज्ञान, संकल्प र आनन्दको अद्भुत क्षमता तथा सम्भावनालाई उजागर गरी सुखी, शान्त र समृद्ध राष्ट्रको आधार तयार पार्न यसले सहयोग गर्ने दाबी गरे । कार्यक्रमबाट विश्व शान्तीका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल र उनले दिएका ध्यानको शिक्षालाई सामूहिक रुपमा विश्वमाझ फैल्याएर नेपाललाई एक उत्कृष्ट आध्यात्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सहयोग पुग्ने दाबी गरिएको छ ।

प्रकाशित : १७ चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६