प्रदेश

वैशाख २ गते मधुवन धाममा अन्तरसंवाद र शिविर हुने



कपिलवस्तु, २६ चैत्र । बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित महावन बौद्ध विहार मधुवन धाममा नयाँ बर्षको अवसरमा विशेष कार्यक्रम हुने भएको छ । वैशाख २ गते भगवान् गौतम बुद्धको शिक्षा र त्यसको ब्यावहारिक प्रयोग विषयक अन्तर संवाद कार्यक्रम राखिएको हो ।

कार्यक्रममा थाइल्याण्डका वरिष्ठ बौद्ध विद्वान श्री अचान सुजिन बोरीहर्नवानाकेलको नेतृत्वमा आउने ७० बढी बौद्ध, भिक्षु, विद्वान, उपासक र उपासिकाहरुको सहभागिता हुने बौद्ध विहारका प्रमुख भन्ते सुमङ्गलोले जानकारी दिए । सोही दिन नै थाईल्याण्डका स्वास्थ्य विशेषज्ञहरुबाट चेक जाँच हुने गरी स्वास्थ्य शिविर राखिएको र शिविरपछि आवश्यक परामर्श दिने कार्यक्रम राखिएको भन्तेले बताए ।

अन्तरसंवादबाट बौद्ध शिक्षाबारे धेरै कुराहरु थाहा पाइने भएकाले सहभागिताको लागि भन्तको आग्रह छ । मधुवन धाम गौतम बुद्धले शाक्य तथा कोलिय कुमारहरु, भिक्षुहरु तथा देवताहरुलाई महासमय सुत्र प्रदान गरेको पवित्र ठाउँ हो । विश्वभरका बौद्धमार्गीमा यो ठाउँ अहिले निकै प्रचलित हुँदै गइरहेको छ ।

प्रकाशित : २६ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६