प्रदेश

सैनामैनामा एक बालकको खोलामा डुवेर मृत्यु



सैनामैना, २६ चैत्र ।

सैनामैना नगरपालिका वडा नं. ७ राम बस्ती बस्ने मोहन भुसालका छोरा वर्ष ८ का आयुस भुसालको खोलामा डुबेर मृत्यु भएको छ । घरदेखि २ सय ५० मिटर उतरमा रहेको ईगरिया खोलामा बालकको शव फेला परेको सालझण्डी प्रहरीले जानकारी दिएको छ ।

आइतबार साँझ ६ बजे देखि बच्चा हराएपछि घर परिवारले स्थानीय र प्रहरीलाई खोजी गर्न अनुरोध गरेका थिए । आफन्त, स्थानीय र प्रहरीले ईंगरिया नदीमा बालकको शव फेला पारेका थिए । अहिले बालकको शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । बच्चाको मनसिक अवस्था कमजोर भएको बताईएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ रहेको छ ।

प्रकाशित : २६ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६