प्रदेश

रुपन्देही बिभिन्न स्थानबाट भन्सार छलीका सामान प्रहरी नियन्त्रणमा



रुपन्देही, २७ चैत्र ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरीपैठारी गरी ल्याउँदै गरेको सामान बरामद गरेको छ । विभिन्न ठाउँबाट बरामद गरिएको सामानको मूल्य करिब एक लाख ७ हजार ९८१ रुपैयाँ रहेको प्रहरीस् प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।

नियन्त्रणमा लिइएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया बुझाइएको छ । एसपी राठौरका अनुसार इलाका प्रहरी कार्यालय, बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बाइपासबाट बिभिन्न किसिमका खाद्यान्न तथा किराना २० हजार मूल्यको सामान बरामद गरेको छ ।

यस्तै, प्रहरी चौकी दुबेथुमुहवा, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सम्मरीमाई गाउँपालिका वडा नं. ३, थुमुवाबाट प्लास्टिकका बिभिन्न प्रकारका भाडा र सामान १३ हजार बराबरको बरामद गरेको हो । प्रहरी चौकी मैनिहवाबाट खटिएको टोलीले रोहिणी गाउँपालिका वडा नं. २, खुरहुरियाबाट ९ हजार बराबरको चिनी नियन्त्रणमा लिएको छ । यसैगरी अस्थायी प्रहरी पोष्ट ड्राइभरटोलबाट खटिएको प्रहरी टोलिले तिलोत्तमा नगरपालिका वडा नं. ३, ड्राइभरटोलबाट बिभिन्न किसिमका खाद्यान्न तथा किराना सामानहरु ५७ हजार ४८१ बरावरको बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट भलुहीबाट खटिएको प्रहरी टोलीले देवदह नगरपालिका वडा नं. ९, भलुहीबाट ८ हजार ५ सय बराबरको १२० किलो प्याज बरामद गरेको छ । रुपन्देही प्रहरीले पछिल्लो समय सीमा नाकामा गरेको कडाईले धमाधम अवैध सामानहरु बरामद भइरहेको छ ।

प्रकाशित : २७ चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६