अर्थ-वाणिज्य

राष्ट्रियसभाको उपाध्यक्षमा घिमिरे निर्वाचित हुने सुनिश्चित




कपिलवस्तुु २८ चैत । राष्ट्रियसभाको उपाध्यक्षमा लुम्विनीको भूगोलवाट निर्वाचित कपिलवस्तुकी सांसद विमला घिमिरेर निर्वाचित हुने सुनिशिचत भएको छ। चुनावका लागि दुईजनाको मात्रै उम्मेदवारी परेको छ । एमालेको तर्फबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले मात्र मनोनयन दर्ता गराएका हुन् । एमालेको तर्फबाट उम्मेदवारी दिएकी घिमिरेलाई सत्ता गठबन्धनको पनि साथ भएकाले जित निश्चित छ । यद्यपि, गठबन्धनमा आवद्ध माधव नेपाल नेतृत्वको नेकपा एसले पनि उपाध्यक्षको भाग आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेको थियो ।

तर, आफ्नो भागमा नपर्ने भएपछि उम्मेदवारी पनि नदिइएको नेकपा एसका एक पदाधिकारीले नेपाल प्रेसलाई बताए ।माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन् । ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद चाहिन्छ ।उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त उपाध्यक्ष पदमा निर्वाचन गर्न लागिएको हो ।

प्रकाशित : २८ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६