खोज–अनुसन्धान

रात्री बसको ठक्करवाट एक यूवाको मृत्यू




दाङ २८ चैत । दाङमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। अर्का युवक घाइते भएका छन्। तुलसीपुरबाट काठमाडौँ जाँदै गरेको ना ६ख १४८६ नम्बरको रात्रिबसको ठक्करबाट गएराति नौ बजे घोराही उपमहानगरपालिका– १७ घर भएका २३ वर्षीय सौगात ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।गोग्लीबाट घोराहीतर्फ जाँदै गर्दा ओलीले चलाएको लु।४१प ८०९२ न को मोटरसाइकललाई घोराही उपमहानगरपालिका– १७ बेलबासस्थित सिस्नेखोलाको ओरालोमा बसले ठक्कर दिएको हो।बसको ठक्करबाट गम्भीर घाइते भएका ओलीको उपचारको क्रममा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका तुलसीपुर उपमहानगरपालिका– ११ बेलदमारका ३५ वर्षीय शरद लामिछाने घाइते भएका छन। उनको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमै उपचार भइरहेको छ। ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।

प्रकाशित : २८ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६