सन्धिखर्क, २८ चैत्र। अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएको छ। भने, ७ जना घाइते भएका छन्। अर्घाखाँची हुँदै कास्की जाँदै गरेको ग३च ४५७४ नम्बरको कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका ८ कोलडाँडामा दुर्घटना भएको थियो।
दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका ८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको छ।घाइते हुनेमा भूमिकास्थान( ८ का चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, उनकी छोरी इभान्सी क्षेत्री, पोखरा( १२ की ३० वर्षीया सविता अधिकारी, सोही ठाउँकी १५ वर्षीय प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेशन बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। घाइतेहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ।








प्रतिक्रिया