अर्थ-वाणिज्य

जनताको हितसंग वाझीएका सबै कानुन परिवर्तन गर्ने सांसद न्यौपानेको उद्घोष




सरिता थारु
कपिलबस्तु २८ चैत । लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले वन संरक्षण र उपभोक्ताको पहुँच एवं लाभसँग जोडिएका कुरामा देखिएका नीतिगत समस्या समाधानका लागि पहल गर्ने बताउनुभएको छ । उहाले राज्यलाई र जनतालाई अप्ठ्यारो हुने कानुनलाई हटाउदै काम गर्न सहज र सरल हुने कानुन बनाउन आफ्नो तर्फबाट पहल गर्ने बताउनुभएको हो । लुम्बिनी प्रदेशको वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयले मंगलबार कपिलबस्तुको बैरियामा आयोजना गरेको वन क्षेत्रमा लैंगिकता र सामाजिक समावेशीकरण वनमा उपभोक्ताको पहुँच र लाभ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो । वन क्षेत्रमा करिब ५२ प्रतिशत महिलाको संख्या रहे पनि सोही अनुसारको महिला सक्रियता नहुदा निर्णयक तहमा पछाडि परेको उहाको भनाई छ ।
यता डिभिजन वन कार्यालय कपिलबस्तुका प्रमुख विजयराज सुवेदीले पछिल्लो समय वन क्षेत्रमा महिला सहभागिता बढ्दै गएको दाबी गर्नुभयो । उहाले वनबाट हुने फाइदाको ४० प्रतिशत वन संरक्षण र व्यवस्थापन तथा ३० प्रतिशत रकम महिला सशक्तिकरण, विपन्न तथा गरिबी न्युनिकरण र समुदायको हितमा गर्न कानुन मै उल्लेख गरेको जानकारी दिनुभयो । यद्दपी महिला सशक्तिकरणमा भने त्यो अनुसारको काम हुन नसकेको जिकिर गर्नुभयो । उहाले वनको विकास गर्न, वनलाई हरियाली बनाउन र आर्थिक समृद्धि विकास गर्न सबैको सहकार्य हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासघं लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराईले वन नियमावलीले वनमा अध्यक्ष वा सचिवमध्ये एक र उपाध्यक्ष वा कोषाध्यक्षमध्ये एक महिलासहित बढीमा १५ सदस्यीय कार्यसमिति बनाउन र ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न निर्देश गरेको बताउनुभयो । उहाले वनले योजना बनाउदा वन व्यवस्थापन , गरिवी न्युनिकरण जस्ता योजनालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने औल्याउनुभयो । कार्यक्रममा बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले महिलाको दिनचर्या वनबाटै ल्याइएको दाउराबाट सुरु हुने भएका वन र महिला विच नङ र मासुको जस्तो सम्बन्ध भएको उल्लेख गर्नुभयो ।

तर्सथ वन क्षेत्रमा महिलाको सहभागिता हुन अवश्यक रहेकोमा जोड दिनुभयो । निती मै व्यवस्था भए पनि स्थानीय तहमा बन क्षेत्रबाट आउनुपर्ने १० प्रतिशत रकम भने अझै बाणगंगा नगरपालिकाले नपाएको दाबी गर्नुभयो । यसको लागि प्रदेश सरकारको उहाले ध्यानाकर्षण समेत गराउनुभयो । कार्यक्रममा संचारिका समुह लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष एवं सल्लाहकार पार्वती पाण्डेले वन क्षेत्रले समयमा काठ दाउरा विक्रि गरेर सहि सदुपयोग गर्नुपर्ने औल्याउनुभयो । साथै विपन्न वर्गका महिलाहरुलाई रोजगारी सृजना गरि वन क्षेत्रलाई लैगिंक तथा सामाजिक समावेशिकरण युक्त बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न सामुदायिक वन उपभोक्ता समितीका पदाधिकारीहरुको सहभागिता रहेको थियो । उहाहरुले आआफ्नो सामुदायिक वनमा लैंगिकता र सामाजिक समावेशीकरण का विषयमा गर्दै आएका क्रियाकलापको बारेमा जानकारी समेत दिएका थिए । कार्यक्रमको संचालन संचारिका समुह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले गर्नुभएको थियो ।

प्रकाशित : २८ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६