अर्थ-वाणिज्य

लिटिल स्टार ईङ्गलिश बोर्डिङ्गको २० औं बार्षिक उत्सव




कपिलवस्तु २८ चैत ।हथौसा लिटिल स्टार ईङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुल बाणगंगा ११ ओदारी कपिलवस्तुको २० औं बार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । विद्यालयको प्रागंणमा २ दिन सम्म भव्य कार्यक्रमको आयोजना गरि स्कुलको २० औं बार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न गरिएको प्रिन्सिपल सुन्दर पाण्डेले बताउनुभयो ।

कार्यक्रममा एक शैक्षिक सत्र भरि विभिन्न खेलकुद, अतिरिक्ति क्रियाकलाप तथा विभिन्न प्रतिस्पर्धाहरुमा भाग लिई उत्कृष्ट भएका विद्यार्थीहरुलाई शिल्ड, मेडल र पुरस्कार वितरण गरिएको छ । त्यस्तै कक्षा नर्सरी देखि कक्षा ९ सम्म विभिन्न विधागत तथा शैक्षिक पुरस्कार समेत प्रदान गरेको छ । कार्यक्रममा दिनभर विद्यार्थीहरु तथा शिक्षकहरुले मनोरञ्जनात्मक प्रस्तुती राखी उपस्थित अभिभावक तथा अतिथिहरुलाई मन्त्रमुग्ध पारेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले हथौसा लिटिल स्टार गुणस्तरिय शिक्षाका प्रदान गर्नमा कहिं पनि नचुकेको बताउनुभयो । उहाँले शिक्षा पुर्ण रुपमा निःशुल्क गर्न नसकेको भन्दै आर्थिक स्तर कमजोर भएका विद्यार्थीहरुलाई विद्यालयले निःशुल्क तथा कम शुल्कमा अध्यापन गराउन सक्नुपर्ने बताउनुभयो । उहाँले शिक्षक शिक्षिकाहरुले प्रविधि मार्फत विद्यार्थीहरुलाई अध्यापनमा जोड दिनुपर्ने बताउनुभयो । घिमिरेले उतीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकाना व्यक्त गर्नुभयो ।

त्यस्तै विद्यालयका अभिभावकहरुले आफुहरुले गरेको विश्वास अनुसार वालवालिकाले गुणस्तरिय शिक्षा प्राप्त गरेको बताउनुभयो ।स्कुलका प्रिन्सिपल सुन्दर पाण्डेले विद्यालयलाई यो स्थान सम्म ल्याउनका लागि सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । प्रिन्सिपल पाण्डेले सामुदायिक र नीजि विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु बिच कुनै विभेद नरहेको भन्दै भ्रममा नपर्न सम्पुर्णलाई अनुरोध गर्नुभयो । उहाँले विद्यालयको सुरुवात देखि अहिले सम्मको शैक्षिक गतिविधि, विद्यार्थीहरुका महत्वपुर्ण नतिजा, विद्यालयले प्राप्त गरेका अवार्डहरुको बारेमा जानकारी गराउनुभएको थियो ।विद्यालय सञ्चालक समितिका निवर्तमान अध्यक्ष डिल्लीराज भुसालले कार्यक्रम सफल बनाउनका लगि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।

विद्यालय सञ्चालक समितिका निवर्तमान अध्यक्ष डिल्लीराज भुसालको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका पुर्व सञ्चालक, पुर्व शेयर सदस्य, अभिभावक, विद्यार्थी शिक्षक कर्मचारी, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो भने विद्यालयका शिक्षक रबिन्द्र पौडेलको स्वागत तथा विद्यार्थीहरु सलिना शर्मा र वेविका पौडेलको सञ्चालन रहेको थियो । अघिल्लो दिनको कार्यक्रम भने शिक्षक कृष्ण थापाको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित : २९ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६