ब्रेकिंग न्युज

महरालाई विश्वासको मत दिन नाउपाको नयाँ शर्त




दाङ २९ नागरिक उन्मुक्ति पार्टीले दुईवटा मन्त्रालय नदिए मुख्यमन्त्री जोखबहादुर महरालाई विश्वासको मत नदिने भएको छ । महराले शुक्रबार दिउँसो १ बजे लुम्बिनी प्रदेश सभामा विश्वासको मत लिँदैछन् । नाउपका चार सांसद छन् । ‘हामीलाई दुई मन्त्रालय दिने एमाले–माओवादी गठबन्धनले पहिला लिखित सहमति गर्नुपर्छ,’ नाउप संसदीय दलका प्रमुख सचेतक राजकुमार चौधरीले भने, ‘भौतिक पूर्वाधार मन्त्रालय र अर्को जुन भएपनि राम्रो मन्त्रालय चाहिन्छ ।
मन्त्रालय दिने सहमति नगरे हामी विश्वासको मत दिँदैनौं ।’ यसअघि कांग्रेसका डिल्लीबहादुर चौधरीको नेतृत्वको सरकारमा नाउप संसदीय दलका नेता धर्मबहादुर चौधरी भौतिक मन्त्री थिए ।बिहीबार बेलुका बस्ने दलको बैठकले विश्वासको मत दिने÷नदिनेबारे निर्णय गरिने उनले बताए । उनले सरकार बनाउन सहयोग गरेपनि गठबन्धनले नाउपलाई खासै महत्त्व नदिएको उनको गुनासो छ ।मुख्यमन्त्री महरालाई एमाले २९, माओवादी १०, नाउप ४, जसपा ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदले समर्थन गरेका छन् ।
प्रदेशसभामा रहेका ८७ सांसद मध्ये एक निलम्बनमा परेपछि ८६ सांसदमा बहुमतको लागि ४४ सांसद पु¥याउन प्रदेश सभामा ३ सांसद रहेको जसपालाई सहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि भूमी व्यवस्था मन्त्रालय दिने लुम्बिनीका दलहरुबीच ७ बुँदे लिखित सहमति भएको थियो । जसपा संसदीय दलका नेता भण्डारीलाल अहिर विना विभागीयमन्त्री बनेका छन् ।यस्तै स्वतन्त्र सांसद खड्क बस्नेत र नेकपा एसकी सांसद भगवती अधिकारीलाई सरकारमा समावेश गर्ने सहमित गरेका छन् ।नाउपाले अन्तिममा महरालाई समर्थन गरेको थियो । त्यस अघि नै जसपा, स्वतन्त्र र एसलाई मन्त्रायलय दिनेमा सहमति भएको थियो ।

प्रकाशित : २९ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६