अर्थ-वाणिज्य

एमालेले बाम गठबन्धन बदल्ने पक्षमा छैन :सचिब अर्याल



रुकुम पुर्ब २९ चैत ।नेकपा ९एमाले० केन्द्रीय कमिटी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले नेपालका हरेक परिवर्तनको नेतृत्व नेकपा एमालेको विचारले निर्देशित गर्दै आएको बताएकी छन् ।उनले एमालेले बाम गठबन्धन बदल्ने पक्षमा नरहेको बताएकि छन ।

नेकपा ९एमाले० रुकुम पुर्वको नवौ जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले २०४६र०४७ सालको आन्दोलनमा खेलेको भूमिका होस कि २०५२ सालदेखि सुरु भएको युद्ध ठिक होइन, शान्तिपुर्ण आन्दोलनबाट राजतन्त्र हटाउनुपर्छ भन्ने बिचार होस्, या त २०६२र०६३ सालको जनआन्दोलन तथा संविधान जारी गर्ने कुरामा नेकपा एमालेको नीति र बिचार अनुसार सफल भएको बताइन् ।

अर्यालले नेकपा एमाले पहिचान बिरोधी नभएको र सबै जाती सबै भाषा, लिङ्ग, धर्म, सस्कृती, धार्मिक सहिष्णुता सहितको सद्भाव र एकता कायम हुने गरी एकताबद्ध समाज र रास्ट्र निर्माण हुनुपर्छ भन्ने बिचार नेकपा एमालेको भएको बताइन् । नेपालको संविधान आफुले भने अनुरुप नभएको भन्दै भारतले गरेको नाकाबन्दी भोग्नुपरेको बताउँदै सचिव अर्यालले इतिहास सही ढङ्गले भुझ्नु पर्ने र कसको पालामा के भयो भन्ने कुरालाई ध्यान दिन आग्रह गरिन् ।

अर्यालले राजनीतिक अस्थिरताका कारण आज आम जनता निराश हुनु परेको बताउँदै जसको थोरै सिट छ त्यसैको नेतृत्वमा सरकार बन्ने प्रवृत्तिले राष्ट्रलाई थप कमजोर बनाउने बताइन् ।

उनले मुलुकमा राजनीतिक स्थिरताका लागि दुई कित्ताको राजनीतिक धुर्वीकरण आवश्यक भएको बताइन् । उनले जनताका आशाहरुलाई नेकपा एमालेले कुनै हालतमा कुण्ठित हुन नदिने बताउँदै कार्यकर्तालाई आन्तरिक प्रतिष्पर्धा नभई एमाले बिरुद्धको मोर्चाबन्दी र घेराबन्दी तोड्ने कार्यमा एकतावद्व भएर लाग्न आग्रह गरिन् ।सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय पोलिटब्युरो सदस्य खेममान खड्काले बिगतका दिनको समिक्षा र आगामी कार्ययोजना बनाउने यो अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको इतिहासलाई पनि कायम राख्ने बताए ।

अधिबेशनमा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले नेकपा एमालेले विकास निर्माणदेखि गुमेको राष्ट्रको जमिन फिर्ता गराउने, रोजगारीको सिर्जना गर्ने कुरामा ध्यान केन्द्रीत गराउदै आएको बताए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा रुकुम पुर्व इन्चार्ज नवीन रोका मगर, केन्द्रीय सदस्य यमुना रोका, केन्द्रीय सल्लाहकार नन्दलाल शर्मा, छिमेकी जिल्ला रोल्पा अध्यक्ष अमृत बुढा, रुकम पच्छिम अध्यक्ष नन्दराम देवकोटाले सम्बोधन गरेका थिए ।

प्रकाशित : २९ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६