कपिलवस्तु, ३० चैत्र। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ( प्याब्सन ) कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले सरकारी विद्यालयले दुई किसिमका शिक्षा प्रदान गर्नु गलत भएको बताएका छन् । उनले बाणगङ्गा ८ स्थित युनाइटेड स्टुडेन्ट एकेडेमी ( माध्यमिक विद्यालय ) को १४ औँ नतिजा प्रकाशन तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष पाण्डेले अंग्रेजी शिक्षा दिने निहुँमा बाणगङ्गा नगरपालिकाभित्रका सामुदायिक विद्यालयले एउटै भवनमा दुई किसिमको शिक्षा विभेदकारी ढंगले दिइरहेको बताएका छन् ।
उनले भने ‘एउटै भवनभित्र पैसा तिर्ने अभिभावकलाई राम्रो कोठामा राख्ने, बस चलाउने र श्रमजीवी र निमुखा बर्गका विद्यार्थीहरू हिड्दै आउनु पर्ने, कक्षा कोठा पनि फरक बनाएर पढाउनु पर्ने ? शिक्षमा यस्तो विभेदकारीता ?’ उनको प्रश्न छ ‘राज्यले यो विभेदकारी नीति बनाउन पाइन्छ ?’ ‘अब यदि कुनै सरकारी विद्यालयले अभिभावकबाट सहयोगको नाममा फि लिन्छ भने मुद्धा हाल्नु पर्ने बताए । अब पालिकालाई खबरदारी गछौँ हामीले । हामीले राम्रो बनाएका विद्यार्थीलाई जबर्जस्ती लोभ देखाएर किन लैजानुहुन्छ ?, सरकारी विद्यालयका प्रअमाथि पाण्डेको चेतावनी छ ।’
पढाइरहेको स्कुलबाट नचाहँदा नचाहँदै अभिभावकले आफ्ना बच्चा अर्को सामुदायिक विद्यालयमा लैजानुपर्ने बाध्यता सिर्जना यस्तै स्कुलले गरेको उनको आरोप छ ।
उनले थपे, ‘हो अहिले यही भएको छ, अहिले शिक्षा मन्त्रालयले के भन्यो भने कुनै सामुदायिक विद्यालयले फि लियो भने कारबाही गर्छु भनेको छ, यसलाई हामी स्वागत गर्न चाहान्छौँ । तर कतिपय नीतिहरू विभेदकारी र निजी विद्यालयका संचालकमाथि ढाड सेक्नेगरी आएका छन्, आवश्यक नियम मान्ने र अनावश्यक नियमहरू मान्दैनौँ ।’
सर्वोच्च अदालतले उच्च शिक्षामा रहेको ४५ प्रतिशत छात्रवृत्ति खारेज गर्ने सर्वोच्च अदालतको निर्णयको आफूहरूले स्वागत गर्ने उनले बताए ।
निजी र सरकारी विद्यालयमाथि राज्यले विभेदकारी नीति बनाएको भन्दै ८ बर्ष अघिको प्याब्सनले यस विषयमा मुद्दा हालेको थियो ।
सरकारी विद्यालयमा शिक्षा मन्त्रालय, बिभिन्न सरकार ( प्रदेश, वडा, पालिका ) ले लगानी गरेका र निजीमा अभिभावककै लगानी रहेको स्मरण गर्दै सरकारी सरह निजी विद्यालय हुन नसक्ने उनको भनाई छ । आफूहरूले कर तिरेर राज्यलाई ठुलो लगानी गरेको भन्दै भ्रममा नपर्न उनको अभिभावकलाई आग्रह गरे ।
अध्यक्ष पाण्डेले शुल्क लिने केहि सरकारी विद्यालयको नाम नै किटे । उनले भने ‘भन्दा हामीलाई कुनै लाज लाग्दैन । लौगाइको यो बाणगङ्गा विद्यालय र जनताले अभिभावकबाट फि लिन पाइदैन भन्दाभन्दै फि लिइरहेका छन् । र २ किसिमको शिक्षा दिइरहेका छन् ।
प्रतिक्रिया