कपिलवस्तु, ३० चैत्र ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार प्रदेश सभा बैठकमा भएको मत विभाजनमा उनले ४८ मत प्राप्त गरेका छन्।
सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभामा हाल कायम सदस्यहरुको संख्या ८६ रहेकोमा विश्वासको मतको पक्षमा ४८ र विपक्षमा २८ मत परेको जानकारी गराए। उनले मुख्यमन्त्रीले प्राप्त गरेको मत बहुमत रहेकाले मुख्यमन्त्रीले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्पन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे।
प्रतिक्रिया