अर्थ-वाणिज्य

एमाले पाल्पामा आधा दर्जन अध्यक्षका आकांक्षी : अध्यक्षको उम्मेदवार बन्ने पोखरेलको घोषणा




पाल्पा २ बैशाख । नेकपा एमालेको जिल्ला अधिवेशन नजिकिदै गर्दा नेतृत्वमा को आउने भन्ने चर्चा परिचर्चा सुरु हुन थालेको छ । जिल्ला अधिवेशन नजिकिएसँगै एमालेबाट अध्यक्षको उम्मेद्वार को बन्ने भन्ने चर्चा सुरु भएको छ भने सबैले आफूनो तहमा छलफल चलाउन सुरु गरेका छन् । एमालेमा पछिल्लो समय जिल्लामा युवाको नेतृत्व आउनुपर्ने चर्चा चलेको छ । अन्य पाटीमा समेत युवा नेतृत्व आएको अवस्थामा एमालेले दोस्रो पुस्ताको युवालाई नेतृत्वमा ल्याउनुपर्ने आम पाल्पाली नेता कार्यकर्ताको चाहना रहेको छ । एमाले पाल्पाको यहि जेठ ११ र १२ गते १० औं जिल्ला अधिवेशन हुँदैछ ।
निर्वाचनको समयमा फिल्डमा खट्ने, युवाको मन जित्ने र विकासप्रेमी नेता भएकाले समेत सबैभन्दा बलियो सम्भावना भोजराज पोखरेल (रामजी) को रहेको कार्यकर्ताहरुले बताउने गरेका छन् । युवा विद्यार्थी राजनीतिबाट आएका नेतृत्व र संगठन निर्माणमा खरो उत्रिने भएका कारण समेत रामजी पोखरेल अध्यक्ष बन्नुपर्ने तर्क कार्यकर्ताहरुको रहेको छ । यस्तै एमाले नेतृत्वमा पोखरेलसँगै ओमबहादुर घर्ती, नारायण बहादुर जिसी, पूर्व अध्यक्ष देवीप्रसाद बस्याल, नारायण आचार्य, टंकनाथ खनाल लगायतको चर्चा रहेको छ । अहिले पूर्व र पाका भन्दा पनि कार्यकर्ताले युवा खोजेकाले युवाको नेतृत्व नै हुन सक्ने एक नेताले रानीमहललाई बताउनुभयो ।
अहिले राजनीतिमा युवा आउँदा विकास र संगठनमा समेत सकारात्मक प्रभाव पार्ने र अन्य दलबाट समेत युवाहरुको आर्कषण थप हुने एमाले पाल्पाको सचिव समेत रहनुभएका नेता पोखरेलले बताउनुभयो । उहाँले अहिलेसम्म औपचारिक छलफल अध्यक्ष यहि हुने भन्ने नभएपनि आमपाल्पाली नेता कार्यकर्ताको साथ सहयोग भएमा आफू अध्यक्ष भएर जिल्लाको नेतृत्व गर्न तयार रहेको बताउनुभयो ।उहाँले पार्टी विभाजनको समयमा समेत आफूले पार्टीका नेताकार्यकर्तालाई विचल्ली हुन नदिएर पाल्पामा पार्टीलाई एक ढिक्का बनाउन सफल भएको बताउनुभयो । उहाँले आफू अध्यक्ष भएमा सबैलाई मिलाएर लैजाने समेत बताउनुभयो ।
रैनादेवी छहरामा जन्मिएका पोखरेल अहिलेका पार्टी सचिव समेत हुनुहुन्छ । उहाँ पार्टी अध्यक्ष भएमा पार्टीमा कार्यकर्ताको मनोभावना बुझ्ने र आत्मबल बढेर आगामी निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा समेत पार्टीलाई अव्वल बनाउन सहज हुने एमाले नेता कार्यकर्ताको बुझाई रहेको छ ।
यद्यपी निर्वाचन आउन केही समय बाँकी रहेकोले निर्वाचन हुने वा सहमतिमै नेतृत्व ढुंगिने भने पार्टीको अधिवेशन मै थाहा हुनेछ । एमाले केन्द्रबाट नै जनप्रतिनिधिहरु पार्टीको पदाधिकारी हुन नमिल्ने निर्णय गरेका कारण भने केही जनप्रतिनिधिहरु पार्टी नेतृत्वमा आउन नमिल्न हुनसक्ने एमालेका एक नेताले बताउनुभयो ।

प्रकाशित : २ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६