अर्थ-वाणिज्य

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेलाई गृह जिल्लामा बिभिन्न सघंसस्थाद्वारा सम्मान




कपिलवस्तु ३ बैशाख । राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेलाई गृह जिल्ला कपिलबस्तुमा आईतबार विभिन्न सघंसस्थाहरुले सम्मान गरेका छन् । जिल्लाको विभिन्न स्थानमा औपचारिक कार्यक्रमका आयोजना गरि सम्मान गरेका हुन । यसैविच राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेलाई बाणगंगा नगरपालिकाले पनि स्वागत तथा सम्मान गरेको छ । स्वागत सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले वाणगंगा नगरपालिका जिल्लाकै उत्कृष्ठ नगरपालिका भएको दाबी गर्नुभयो ।
आइतबार वाणगंगा नगरपालिकाले गरेको स्वगत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । वाणगंगा नगरपालिका जिल्लामा मात्र नभई देशमै एक नम्बर पालिका बनाउनका लागि सबै जनप्रतिनिधि कर्मचारीलाई लगनशिल भएर लाग्न अनुरोध समेत गर्नु भयो । साथै उपाध्यक्ष घिमिरेले आफु जिल्लाबासी भएको बिकासको लागि हरेक हिसावले पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । सम्मान गर्दै नगर प्रमुख चक्रपाणी अर्यालले राष्ट्रिय सभाको उपाध्यक्षमा घिमीरेलाई पाउदा जिल्लाबासिका लागि गौरवको कुरा रहेको बताउनु भयो । उहाँले समग्र बिकास समृद्धीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
नगर उपप्रमुख रिताकुमारी थारुले सफलकार्यकालको शुभकामना दिनु भएको भयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने , नेकपा एमाले जिल्ला अध्यक्ष डम्बर शर्मा कार्यपालिका सदस्यहरु वडाअध्यक्ष वडासदस्य, कर्मचारी ,पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रको सन्चालन प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनिले गर्नु भएको थियो।यसैविच सिद्धार्थ क्यापस बुङचीले पनि राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमीरेलाई स्वागत तथा सम्मान गरेको छ । आइतबार एक कार्यक्रममको आयोजना गरी घिमीरेलाइ सम्मान गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्ष बिमला घिमीरेले बोल्दै क्यापसको भौतिक निर्माण देखि अन्य समस्या समाधानको लागि पहल गर्दै आएको बताउनु भयो संघिय सरकारबाट बजेटको माग गरेर समस्यालाई समाधा गर्ने बताउनु भयो । सिद्धार्थ क्यापस बुङची पढाईको हिसावले अरु अतिरक्ति क्रियाकलापमा अब्बल रहेको समेत बताउनु भयो । शैक्षिक क्षेत्रलाई चलायमान बनाउनु सबैको भुमीका महत्वपुर्ण रहेने बताउनु भयो ।
कार्यक्रममा क्यापस संन्चालक अध्यक्ष डम्बर शर्मा उपाध्यक्ष रवि बहादुर काफले, कपिलबस्तु उधोग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रि लगायतले सफल कार्यकालको शुभकामना दिदै समग्र क्यापसको समस्या लाई समाधान गर्नेमा आशाबादि रहेको बताउनु भयो साथै विद्यार्थिको बैदिशिक यात्रा रोक्ने निति ल्याउन सक्ने कानुन निर्माण हुनु पर्ने बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने समाज सेवि दोण्रराज सुवेदी वडा नम्बर ८वडा शैलेन्द्र बेल्बासे शिक्षक बिधार्थी पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमा सिद्धार्थ क्यापस प्रमुख बेदुराम अर्यालको स्वागत शिक्षक कुल राज भुसालको सन्चालमा कार्यक्रम भएको थियो ।
यस्तै वाणगंगा खानेपानि तथा सरसफाई संस्था वडा नम्बर २ नन्दनगरले पनि राष्ट्रिय सभाको उपाध्यक्ष बिमला घिमिरेलाई सम्मान तथा सफल कार्यकालको शुभकामना कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाको उपाध्यक्षमा बिमला घिमिरेले सम्मानले आफुलाई काम गर्ने झन हौसला हुने बताउदै राष्ट्रिय सभाको अध्यक्ष उपाध्यक्षले देशको लागि संविधान भित्र रहेर काम गर्ने अधिकार उतिनै रहेको समेत जिकिर गर्नु भयो । साथै खानेपानि संस्थाले उपभोक्ताको लागि शुद्ध पानि वितरण गर्दै उदारणीय काम गर्दै जानु पर्ने तर्क गर्नु भयो ।
फरक प्रसंगमा सामुदायिक वनका बजेट धेरै हुने तर खर्च गर्न खन्जुसाई गर्ने बताउदै बजेटलाई उपयो गर्न पर्ने बताउनु भयो । कार्यक्रममा वडा नम्बर २का वडा अध्यक्षय विष्णु प्रसाद पौडेल ,वाणगंगा खानेपानि तथा सरसफाई संस्थाका अध्यक्ष विश्व कार्कीले उपाध्यक्ष बिमला घिमिरेलाई सम्मान गर्दै विगतका दिनमा पनि हरेक क्षेत्रबाट सहयोग पुराउदै आउनु भएको बताउदै आगिमी दिनमा पनि आशाबादि रहेको बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रीका स्वकिय सचिव भेषराज पाण्डे समाज सेवि दोण्रराज सुवेदी वडा नम्बर ८ वडा शैलेन्द्र बेल्बासे,मनकामना सामुदायिक मनका अध्यक्ष मुक्त बहादुर कार्की पत्रकार लगायतको सहभागिता रहेको थियो सन्चालन सचिव हिमलाल अधिकारीले गर्नु भएको थियो ।

प्रकाशित : ३ बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६