प्यूठान ३ बैशााख । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्यूठान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झिमरुक गाउँपालिका–७ सिमलचौरका २६ वर्षीय नवीन जिसीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार साँझ पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इश्वर थापाका अनुसार जिसीले किशोरीलाई ललाई फकाई आफ्नै घरमा जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी परेको छ ।
पक्राउ परेका युवाले बालिकालाई केही समय अघि विवाह गर्ने भन्दै आफ्नो घरमा ल्याएका थिए । तर उमेर नपुगेको भन्दै बालिकालाई उनका परिवारले फिर्ता लगेको थिए । पछि युवा बालिकाको घरमा गएर झगडा गर्ने गरेको र जबरजस्ती करणी गरेको जाहेरी रहेकी डिएसपी थापाले बताए ।
३ बैशाख २०८१, सोमबार
प्रतिक्रिया