अर्थ-वाणिज्य

सहकारी क्षेत्र ब्यवस्थित गर्न बिशेषाधिकार सहितको प्राधिकरण बनाउने तयारी : मन्त्री अधिकारी




कपिलवस्तु ४ वैशाख ।भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रलाई ब्यवस्थित बनाउन शक्तिशालि प्राधिकरण गठन प्रकियामा सरकार रहेको बताउनु भएको छ । मन्त्री अधिकारीले सहकारी प्रति समुदायको अपनत्व ग्रहणका निम्ति सरकारले कर्जा असुली न्याधिकरण, सूचना केन्द्र गठनका निम्ति कानूनी प्रक्रिया अगाडी बढाइएको बताउनु भयो । मन्त्री अधिकारीले गृह जिल्ला कपिलवस्तुको बाणगंगा खानेपानि तथा सरसफाई संस्था, नन्दनगरद्धारा आयोजित मन्त्रीको स्वागत, बधाई तथा शुभकामना आद्रान प्रदान कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो । सोही कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले १५ हजार घरधुरीमा स्वच्छ खानेपानि उपलब्ध गराएको बताउनु भयो । नगर प्रमुख अर्यालले नगर भित्रका खानेपानि संस्थाहरुलाई सफ्टवय जडानमा समेत सहयोग पु¥याइएको बताउनु भयो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, कपिलवस्तु बहुउद्देश्यीय संघका उपाध्यक्ष द्रोणराज सुवेदी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बाणगंगा खानेपानि तथा सरसफाई संस्था, नन्दनगरका अध्यक्ष विश्व कार्कीले संस्थाको बारेमा विस्तृत विवरण प्रस्तुत गनुर्. भएको थियो । कार्यक्रममा मन्त्री अधिकारीलाई मायाको संस्थाा अध्यक्ष विश्व कार्कीले मायाको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष विश्व कार्कीको अध्यक्षता,.कोषाध्यक्ष गोविन्द चौधरीको स्वागत मन्तब्य र सचिव हिमलाल अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।
कमन नेपालद्धारा संचालित प्रेस पाटी डट.कम अनलाईन पत्रिकाको नयाँ वर्ष २०८१ सालको वार्षिक भित्तो पात्रो एक कार्यक्रमका बीच भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले विमोचन गर्नु भएको छ । मन्त्री अधिकारीले गृह जिल्ला कपिलवस्तुको बाणगंगामा भित्तो पात्रोको विमोचन गर्नु भएको हो । मन्त्री अधिकारीले संचार क्षेत्र सबैको आशा र भरोसाको केन्द्र बन्नु पर्नेमा जोड दिनु भयो । मन्त्री अधिकारीले जिल्लाको विकास र शुसासनमा संचार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नु भएको संचारकर्मी पशुपति गिरीले जानकारी दिनु भयो ।

प्रकाशित : ४ बैशाख २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६